काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि चलिरहेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको बैठकमा प्रधामन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि नेताहरुले धारणा राखिरहेका छन् ।
आजको बैठकमा १५० जना सदस्यहरूले बोल्नका लागि नाम टिपाएको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । सदस्यहरूलाई बोल्नका लागि ५ मिनेटको समय उपलब्ध गराइएको छ ।
यसअघि, पहिलो बैठकको दिन बुधबार १८ जना सदस्यहरुले आफ्नो धारणा राखेका थिए । पहिलो दिनको बैठकमा अधिकांश नेताहरुले पार्टी अध्यक्षकै कार्यशैलीमाथि प्रश्न उठाएका थिए । पार्टी सांगठनिकरुपमा अस्तव्यस्त बनेको भन्दै धेरैले चिन्ता जाहेर गरेका थिए ।
माओवादी बैठकमा पार्टी अध्यक्षलाई नै चुनौति दिँदै कतिपयले पुस्तान्तरणको सन्दर्भ पनि उठाएका छन् ।
केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्षको प्रतिवेदनसँगै समसामायिक राजनीति, विधान सम्मेलन, समाजवादी मोर्चा, कार्यदिशा, कार्यक्रम सम्बन्धमा सदस्यहरूले धारणा राखिरहेका छन् ।
वि.सं.२०८० साउन १८ बिहीवार १२:०० मा प्रकाशित






























