काठमाडौं । प्रभु बैंक लिमिटेड र भीजी इम्पेक्स प्रालिबीच कर्जा सम्बन्धी सम्झौता भएको छ । बैंक र इम्पेक्सबीच विद्युतीय सवारीसाधनमा कर्जा लगानीसम्बन्धी सम्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र भीजी इम्पेक्सका तर्फबाट उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरेका छन् । उक्त सम्झौताअनुसार भीजी इम्पेक्सबाट आयात गरिएका विद्युतीय गाडी इच्छुक ग्राहकले खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ ।
हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।
वि.सं.२०८० साउन १८ बिहीवार ११:४४ मा प्रकाशित






























