back
CTIZAN AD

माओवादी बैठक : प्रचण्डको परिवारवादमाथि प्रश्नै प्रश्न !

वि.सं.२०८० साउन १८ बिहीवार

1.2K 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा बोल्ने अधिकांश नेताहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारवादमाथि प्रश्न उठाएका छन् । अध्यक्ष प्रचण्डमा पलाएको परिवार मोहकै कारण पार्टी बदनामित भएको नेताहरुको आरोप छ ।

सोलुखुम्बुका नेता गोम्बु शेर्पा ‘कज्र्याङ’ले अध्यक्ष प्रचण्डको सचिवालयको जिम्मा छोरीलाई किन दिएको भनि प्रश्न तेस्र्याए । “के पार्टी अध्यक्षको सचिवालयमा अरुलाई राख्न नहुने हो, छोरी नै चाहिने हो ?”, शेर्पाले बैठकमा प्रश्न गरेका छन्, “पार्टी चलाउन सबैले योगदान गर्ने, सचिवालयमा छोरी नै राख्नुपर्ने ? यसरी पार्टी उभोँ लाग्छ ?”

अध्यक्ष प्रचण्डमा परिवारवाद मौलाएको भन्दै शेर्पाले आलोचना गरेका छन् । उनले पार्टीका अन्य नेताले सिक्नकै निम्ति पनि अध्यक्षले परिवारमोह छाड्नुपर्ने बताए ।

शेर्पा जस्तै अर्का नेता बिमल अधिकारीले पनि पार्टी पूर्णंरुपमा परिवारवादमा फसेको भन्दै अध्यक्ष प्रचण्डको आलोचना गरे । प्रचण्डकै सिको अन्य नेताले पनि गरेको भन्दै अधिकारीले परिवारवादलाई नत्यागी पार्टी सही ठाउँमा नपुग्ने बताए ।

“नेतृत्व तहमा परिवारवादले गाँजेको छ, यसलाई शुद्धिकरण नगरी पार्टीलाई उद्देश्यमा पु¥याउन जटिल छ”, अधिकारीले भनेका छन्, “यसको सुरुवात अध्यक्षबाटै हुनुपर्छ ।”

अर्का नेता लेखनाथ न्यौपानले पार्टीको पछिल्लो अवस्था के कारणले आएको भन्ने सबै स्पष्ट भएको भन्दै प्रचण्डको आलोचना गरे । उनले पार्टीलाई सही ठाउँमा पु¥याउन पनि नेतृत्वको कार्यशैली परिवर्तन अनिवार्य भएको बताए ।

“पार्टी कसरी यो अवस्थामा आइपुग्यो सबैलाई थाहा भएको कुरा हो, भनिरहन पर्दैन कसको भूमिका महत्वपूर्ण छ”, प्रचण्डको भूमिकाप्रति प्रश्न उठाउँदै न्यौपानेले भनेका छन्, “नेतृत्व कार्यशैली परिवर्तन नभएसम्म यो सच्चिने स्थिति रहन्न । यसैगरी चलिरहे पार्टीको भविष्य रहने अवस्था छैन ।”

नेता न्यौपानले वाम आन्दोलन ओरालो लागेपछि उठेको इतिहास नभएको भन्दै पार्टीलाई कसरी उठाउने भन्ने कोणबाट छलफल आवश्यक रहेको बताए । पार्टीभित्र वैचारिक र रणनीतिक पार्टी स्पष्ट गर्न आवश्यक रहेको उनको भनाई छ ।

वि.सं.२०८० साउन १८ बिहीवार १८:१४ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...