जापान। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानको अध्यक्षमा नविन निउरे भारीसहित निर्वाचित भएका छन् ।
जुलाई २९ मा सम्पन्न परिषद्को जापानको एघारौँ राष्ट्रिय महाधिवेशनको अध्यक्षमा आफ्ना प्रतिश्पर्धी संगीता अधिकारीलाई पछि पार्दै निर्वाचित भएका हुन् । अनलाईन माध्यमबाट भएको मतदानका क्रममा निउरेले २ हजार ९५५ मत ल्याएर २०२३–२५ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
कूल ७ हजार १६८ मतदाता रहेको एनआरएनए जापानमा यसपटक अध्यक्ष पदका लागि निउरे, सुवेदी, राजकुमार अधिकारी र रामकृष्ण श्रेष्ठ गरी ४ जना निर्वाचनको मैदानमा प्रतिश्प्रर्धा गरेका थिए । जसमा निउरे भारी मतसहित अध्यक्ष पदमा विजयी भएका हुन् ।
त्यसैगरी परिषद्को ५ उपाध्यक्ष पदका लागि ८ जना चुनावी मैदानमा उत्रिएका थिए । जसमा सचिन श्रेष्ठ, सुवास लामिछाने, देवराज उप्रेती, कृष्ण गैरे शर्मा र सिद्धार्थ श्रेष्ठ निर्वाचित भएका छन् । साथै महिला उपाध्यक्षमा एलिजा केसी भण्डारी विजयी भएकी छन् ।
त्यस्तै महासचिव पदमा टिकाराम खरेलले २८८९ मत प्राप्त गरि विजयी हुदाँ प्रतिष्पर्धी श्यामकुमार श्रेष्ठ श्याम शीतलले २,६२६ मत ल्याएका थिए ।
त्यस्तै सचिव पदका लागि ६ जनाले प्रतिश्पर्धा गरेका थिए । जसमा अर्जुन थापा बगाले, दिपेश केसी खत्री र दिलिप कंडेल सचिव निर्वाचित भएका छन् भने महिला सचिवमा चन्द्राकुमारी केसी पहिले निर्विरोध निर्वाचित भएकी थिइन् । साथै कोषाध्यक्षमा दिपक सुनार, सहकोषाध्यक्षमा रामबहादुर थापा विजयी भएका छन् भने महिला सहकोषाध्यक्षमा अंन्जु भण्डारी निर्विरोध निर्वाचित भएकी छन् ।
त्यस्तै युवा संयोजक पदमा मुक्तिराज रेग्मी र महिला संयोजकमा हेमा पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी आठ सदस्य पदका लागि १७ जनाले प्रतिष्पर्धा गरेका थिए । जसमा दिलिप शर्मा, विनय गुरुङ, ध्रुव गौतम, दिनेश लोहनी, ज्योति केसी, कृष्णप्रसाद कंडेल, नेत्र पाण्डे, रामु कंडेल निर्वाचित भएका छन् भने सदस्य ललिता तामाङले सर्वाधिक ३,९७० मत ल्याएकी थिइन् ।
त्यसैगरी आइसीसी सदस्यमा बाबुराम खरेल, विजेश थकाली, विकास श्रेष्ठ, विष्णुप्रसाद घिमिरे, छत्रबहादुर दाहाल र राम थापा ‘अनिल’ निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै क्षेत्रीय समिति कान्साइको संयोजकमा हरिप्रसाद कंडेल र सचिवमा विनोद कंडेल तथा नागोया क्षेत्रीय समितिको सचिवमा दलबहादुर कार्की र रुपेश पुन कोषाध्यक्षमा निर्वाचित भएका छन् ।
वि.सं.२०८० साउन १८ बिहीवार १७:४३ मा प्रकाशित






























