back
CTIZAN AD

एनआरएनए युएईको अध्यक्षमा विकास शाही निर्विरोध निर्वाचित

वि.सं.२०८० साउन १८ बिहीवार

1.1K 

shares

युएई । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) युएई (नेपाल एसोसिएसन) को अध्यक्षमा विकास शाही निर्विरोध निर्वाचित भएका छन् ।

परिषद्को उपाध्यक्षहरुमा प्रकाश थापा, मनोज कुमार सैंजु, सोनाम श्रेष्ठ, भीम मल्ल, फडिन्द्र ढकाल, शम्भु कुमार वाइबा र विष्णुलाल श्रेष्ठ रहेका छन् भने े महासचिवमा भुवन कुमार वाग्ले, सचिवहरुमा नवराज श्रेष्ठ,जीवन सिंह ठकुरी, बिनोद बस्नेत,अरुण अधिकारी, कुमार श्रेष्ठ, सुमन भण्डारी कोषाध्यक्षमा गोविन्द पराजुली, सहकोषाध्यक्षमा नवराज ढुंगाना, महिला संयोजकमा मञ्जु उचै, युवा संयोजकमा अपिल भट्टराई चयन भएका छन् ।

त्यसैगरी परिषद्को सदस्यहरुमा एलिना फुयाल, योगिता हाडा, गीता बिष्ट, टेक राज पराजुली, प्रेम बहादुर शाही, लोकबहादुर श्रेष्ठ, धर्मप्रसाद भट्टराई नबिन दोङ लामा, मानबहादुर सुनार,कमल कार्की, सुर्यांश कुमार चौधरी, दोर्ण राज ढकाल, बिनोद रत्न तुलाधर, कमल लामा, दिपक खड्का,पुष्कर सापकोटा , खेमराज बस्नेत, मणीप्रसाद भुर्तेल, सुजन सापकोटा निर्विरोध निर्वाचित भएका हुन् ।

त्यसैगरी दिपक खड्का, पुष्कर सापकोटा, खेमराज बस्नेत मणीप्रसाद भुर्तेल र सुजन सापकोटा आइसीसी सदस्यमा चयन भएका छन् ।

नेपाली राजदूतावास युएईका कार्यवाहक राजदूत बिशाल भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त महाधिवेशनको प्रमुखअतिथी तथा बिशिष्ट अतिथीमा कम्युनिटी डेभलपमेन्ट अथोरिटीका प्रतिनिधि राशिद अलमहेरी, एनआरएनए आइसीसी उपाध्यक्ष डिबी क्षेत्री र नरेन्द्र भाट, मध्यपूर्व संयोजक मनोज कुमार श्रेष्ठ र राजेन्द्र अर्याल, उपसंयोजक राजु के.सी, एनआरएनए अभियन्ता राजु शैयद लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शाहीले नेपाली दुतावासमा महिला सेन्टरको पुर्नस्थापनाका लागि पहल गर्ने तथा श्रमिकको हकहितका निम्ति अझ शसक्त रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यस्तै बिशिष्ट अतिथी क्षेत्रीले सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयनमा सवैले ध्यान दिनुपर्ने बताएका थिए भने बिशिस्ठ अतिथी भाट र मध्यपुर्व संयोजक मनोज गोर्खाली तथा राजेन्द्र अर्यालले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएका थिए ।

वि.सं.२०८० साउन १८ बिहीवार १६:५९ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...