काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय समितिमा २४ जना महिला थप गरेको छ ।
पार्टीमा ३३ प्रतिशत महिलाको संख्या पुर्याउन पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबारको बैठकमा थप २४ जना महिला थप गर्ने प्रस्ताव गरे अनुसार आजको बैठकमा २४ जना महिला सदस्यको नाम थपिएको हो ।
को–को बने केन्द्रीय सदस्य ?
आज थपिएका २४ जना केन्द्रीय सदस्यमा आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला वि.क, गंगा खड्का, गिता कुमारी कँडेल चौलागाईँ, गिता शाही, छम कुमारी खनाल, दिलमाया बुढा, नीरमाया श्रीस, निशा न्यौपाने, पार्वती थापा, भगवती तिवारी, मोतिकला चलाउने, लालकुमारी पुन, लिला शर्मा, सपना परियार, सिता दाहाल, सुशिला घिमीरे, सुशिला पौडेल, सूर्यकुमारी वि.क र सरु चैधरी रहेका छन् ।
आज थपिएका २४ जनासँगै माओवादी केन्द्रको केन्द्रीय समितिमा ४०९ जना सदस्य पुगेका छन् ।
वि.सं.२०८० साउन १९ शुक्रवार १६:१० मा प्रकाशित






























