back
CTIZAN AD

बागमती प्रदेशका लोपोन्मुख समुदायमा निःशुल्क स्वास्थ्य बीमा

वि.सं.२०८० साउन १९ शुक्रवार

876 

shares

बागमती। बागमती प्रदेश सरकारले प्रदेशका १३ जिल्लाका लोपोन्मुख तथा पछाडि परेका समुदायको निःशुल्क स्वास्थ्य बीमा गराउने प्रक्रिया सुरु गरेको छ । उक्त कार्यक्रमका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि रु पाँच करोड २५ लाख बजेट बिनियोजन गरेको छ ।

स्वास्थ्य मन्त्रालयले सीमान्तकृत लोपोन्मुख, आश्रममा आश्रित, अपाङ्गता (क) र (ख) वर्ग भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बीमा गर्न लागेको बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका प्रवक्ता दीपकप्रसाद तिवारीले जानकारी दिए । कूल १३ जिल्लाका एक सय १९ वडामा स्वास्थ्य बीमा गराउन लागिएको हो ।

मन्त्रालयका अनुसार गत आवमा आश्रममा आश्रितहरुको मात्र बीमा गरिएको थियो । चालु आवमा बीमा बोर्डमार्फत प्रत्येक वडासम्म पुग्ने गरी कार्यक्रम तय गरिएको छ । स्वास्थ्य बीमा नभएका कारण औषधि उपचार गर्दा महँगो खर्च हुने र पैसा अभावकै कारणले उपचार गराउन पाउन समस्या छ । सोही समस्यालाई ध्यानमा राख्दै प्रदेश सरकारले लक्षित निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न लागेको हो ।
निःशुल्क बीमामा अधिकतम पाँच जनासम्मको परिवारलाई रु एक लाखदेखि एक लाख २५ हजारसम्मको बीमा गरिन्छ । बीमितले तोकिएको सरकारी तथा निजी अस्पतालमा निःशुल्क उपचार र औषधिको सुविधा पाउनेछन् ।

स्वास्थ्य बीमा बोर्डका अनुसार मकवानपुरमा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै गएको छ । हालसम्म करिब एक लाख ५२ हजारभन्दा बढी व्यक्तिले स्वास्थ्य बीमा भइसकेको छ । पाँच वर्षअगाडि सुरु गरिएको बीमा कार्यक्रम अन्तर्गत ९१ प्रतिशतले नवीकरण गराइसकेका छन् ।

 

वि.सं.२०८० साउन १९ शुक्रवार १६:०० मा प्रकाशित

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...