back
CTIZAN AD

माओवादीभित्र प्रचण्डको विकल्प खोज्ने वातावरण बन्ला ?

वि.सं.२०८० साउन १९ शुक्रवार

1.5K 

shares

काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ । तीन दिनदेखि जारी बैठकमा नेताहरुले आफ्ना धारणा राखिरहेका छन् । तर, बैठकमा नेताहरुको धारणा विषय केन्द्रीत भएको देखिन्न । बोल्ने अधिकांश नेताहरुले विशेषतः पार्टी अध्यक्ष प्रचण्डको आलोचनामा समय खर्चिएका छन् ।

प्रचण्डको परिवारमोहप्रति नेताहरुको प्रश्न सोझिएको छ । प्रचण्डको स्वकीय सचिवालयमा रहेकी कान्छी छोरी गंगा दाहाल, कान्छा ज्वाइँ जीवन आचार्यलगायतमाथि प्रश्न उठाइएको छ ।

सोलुखुम्बुका नेता गोम्बु शेर्पा ‘कज्र्याङ’ले अध्यक्ष प्रचण्डको सचिवालयको जिम्मा छोरीलाई किन दिएको भनि प्रश्न तेस्र्याए । “के पार्टी अध्यक्षको सचिवालयमा अरुलाई राख्न नहुने हो, छोरी नै चाहिने हो ?”, शेर्पाले बैठकमा प्रश्न गरेका छन्, “पार्टी चलाउन सबैले योगदान गर्ने, सचिवालयमा छोरी नै राख्नुपर्ने ? यसरी पार्टी उभोँ लाग्छ ?”

कतिपय नेताहरुले प्रचण्डमा पलाएको परिवार मोहकै कारण पार्टी नै संकटमा पुगेको समेत आरोप लगाएका छन् । नेता लेखनाथ न्यौपाने पार्टीको पछिल्लो संकटको अवस्था पार्टी नेतृत्वको कार्यशैलीकै कारण आएकोसमेत आरोप लगाए । उनले विश्व कम्युनिष्ट आन्दोलनको चर्चा गर्दै उनले माओवादी पार्टी फेरि उठ्नै नसक्ने अवस्थामा पुगेको समेत बताए ।

“पार्टी कसरी यो अवस्थामा आइपुग्यो सबैलाई थाहा भएको कुरा हो, भनिरहन पर्दैन कसको भूमिका महत्वपूर्ण छ”, प्रचण्डको भूमिकाप्रति प्रश्न उठाउँदै न्यौपानेले भनेका छन्, “नेतृत्व कार्यशैली परिवर्तन नभएसम्म यो सच्चिने स्थिति रहन्न । यसैगरी चलिरहे पार्टीको भविष्य रहने अवस्था छैन ।”

केन्द्रीय समिति बैठकमा बोल्ने कतिपय नेताहरुले अध्यक्षको आलोचनासँगै पार्टी नेतृत्वमा पुस्तान्तरणको विषय पनि उठाएका छन् । प्रचण्डले विकल्प दिनुपर्ने कोणबाट पनि कतिपयले धारणा राखेका छन् । बैठकमा विधान सम्मेलन र विशेष महाधिवेशनको विषयमा पनि कुरा उठेको छ । तर, विधान सम्मेलन वा विशेष महाधिवेशन भएमा पनि प्रचण्डको विकल्प खोजिएला ? प्रश्न अस्पष्ट छ ।

माओवादी केन्द्रभित्र अध्यक्ष प्रचण्ड निर्विकल्प जस्ता नेताका रुपमा स्थापित छन् । प्रचण्डपछिको विकल्पमा अहिले नै अर्को पात्र उभिने अवस्था छैन । प्रचण्डपछि नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरालगायतका नेता छन् । तर, उनीहरुको हैसियत तत्कालै नेतृत्व लिने खालको देखिन्न ।

तेस्रो पंक्तिमा रहेर कुरा गर्ने जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेतलगायतको हैसियत पनि नेतृत्व लिइहाल्ने खालको छैन । पार्टीभित्र गुट सञ्चालन गरेका भएपनि उनीहरुको हैसियत पार्टी नेतृत्व गर्ने खालको देखिन्न । एकातिर उल्लेखित नामका नेताहरु एकातिर विभिन्न घटनामा विवादित छन् भने अर्कोतिर उनीहरु सर्वसम्मत खालको नेतृत्वमा छैनन् ।

२०७८ पुसमा भएको पार्टीको आठौं महाधिवेशनमा पनि अन्य पदमा प्रतिस्पर्धी देखिँदा अध्यक्षको हैसियतमा कसैले प्रश्न उठाएको देखिएन । प्रचण्ड तत्कालिन समय निर्विकल्प अध्यक्षको रुपमा चयन भएका थिए । तत्कालिन समय महासचिवमा निकै लडाईं चलेको भएपनि वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षको पदमा पनि खासै लडाईं भएन । यसले पनि पुष्टि गर्छ नेताहरुको नेतृत्व हैसियत ।

वि.सं.२०८० साउन १९ शुक्रवार १५:५७ मा प्रकाशित

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...