back
CTIZAN AD

घट्यो विकास बैंकको नाफा, यी बैंकले दिन सक्दैनन् लाभांश

वि.सं.२०८० साउन २४ बुधवार

1K 

shares

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा भन्दा आर्थिक वर्ष २०७९/८० मा विकास बैंकहरुको नाफा घटेको छ । विकास बैंकहरुको खराब कर्जा बढेका कारण बढी रकम प्रोभिजनिङ गर्नु पर्दा अघिल्लो वर्षको तुलनामा नाफा घट्न पुगेको हो । विकास बैंकहरुको नाफा अघिल्लो आवको तुलनामा औसत साढे ८ प्रतिशतले घट्न पुगेको छ ।

गत आर्थिक वर्षमा राष्ट्रिय स्तरका विकास बैंकहरुले करिब पाँच अर्ब ७८ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफा छ अर्ब ३५ करोड रहेकोमा गत आर्थिक वर्षमा ०.९ प्रतिशतले घटेको हो ।

विकास बैंकहरुको खुद ब्याज आम्दानी १६.८८ प्रतिशतले वृद्धि भएर करिब १९ अर्ब ५५ करोड पुगेको छ । खुद ब्याज आम्दानी उल्लेख्य वृद्धि भएपनि सबै विकास बैंकहरुको निष्क्रिय कर्जा बढेसँगै सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन २१३ प्रतिशतले बढेर तीन अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । जसले गर्दा ब्याज आम्दानीमा वृद्धिका बाबजुत पनि बैंकहरुको नाफा सँगै वितरणयोग्य मुनाफा पनि घटेको हो ।

गत वर्ष तीन राष्ट्रियस्तरका विकास बैंकको नाफा बढेको छ भने अन्य विकास बैंकको नाफा घटेको छ । जसमध्ये शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ७८ करोड ६८ लाख रुपैयाँ, गरिमा विकास बैंकको १ अर्ब २१ करोड ७३ लाख रुपैयाँ र मुक्तिनाथ विकास बैंकको एक अर्ब ३६ करोड ३८ लाख रुपैयाँ खुद नाफा पुगेको छ ।

गत आवमा महालक्ष्मी विकास बैंकको ४७ करोड ९ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको ४३ करोड ११ लाख रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकको ३८ करोड ३३ लाख रुपैयाँ मात्रै नाफा गरेका छन् । यस्तै, ज्योति विकास बैंकको ५५ करोड ३२ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकको ६१ करोड २४ लाख रुपैयाँ भएको छ ।

क्षेत्रीयस्तर (१ जिल्लादेखि ७ जिल्ला) का विकास बैंकको नाफामा ४४.४० प्रतिशतले घटेको छ । अघिल्लो वर्ष १३ करोड ३८ लाख रुपैयाँ नाफा गरेका बैंकले गत वर्ष घटेर ७ करोड ४४ लाख रुपैयाँ मात्रै गरेका हुन् । गत आर्थिक वर्ष नाफा वृद्धि गर्ने बैंकको अग्रस्थानमा कर्पाेरेट डेभलपमेन्ट बैंक छ ।

कुन–कुन बैंकले दिन सक्दैनन् लाभांश ?

गत वर्ष राष्ट्रियस्तरका विकास बैंकको वितरणयोग्य नाफा दुई अर्ब ९५ करोड रुपैयाँ छ । सो आधारमा विकास बैंकहरुको लाभांश वितरण क्षमता औसतमा ८.३ प्रतिशत मात्रै देखिन्छ । लुम्बिनी विकास बैंकको ११.६१ प्रतिशत, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ११.३६ प्रतिशत, गरिमा विकास बैंकको १०.७४ प्रतिशत र मुक्तिनाथ विकास बैंकको १०.०३ प्रतिशत लाभांश क्षमता देखिन्छ ।

यस्तै, महालक्ष्मी विकास बैंकको .०६ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ७.६२ प्रतिशत, ज्योति विकास बैंकको ५.१ प्रतिशत र कामना सेवा विकास बैंकको १.७७ प्रतिशत लाभांश क्षमता छ । क्षेत्रीयस्तरका विकास बैंकहरुमध्ये गत वर्ष मितेरी डेभलपमेन्ट बैंकको लाभांश क्षमता १३.८३ प्रतिशत रहेको छ । जुन विकास बैंकहरुमध्ये सबैभन्दा धेरै हो । यस्तै, कर्णाली डेभलपमेन्ट बैंकको ९.८ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको ४.२६ प्रतिशत लाभांश क्षमता छ ।

एक्सल, नारायणी, सिन्धु र सप्तकोशी बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको हुँदा लाभांश क्षमता ऋणात्मक छ । वितरणयोग्य नाफा ऋणात्मक भएका एक्सल, नारायणी, कर्पाेरेट, सिन्धु र सप्तकोशी बैंकले गत आर्थिक वर्षको लाभांश वितरण नगर्ने निश्चित छ । यस्तै, न्यून लाभांश क्षमता भएका कामना सेवा विकास बैंक र ग्रीन डेभलपमेन्ट बैंकहरुले पनि लाभांश वितरण गर्ने सम्भावना देखिँदैन । न्यूनतम क्षमता भएका यी दुई बैंकलाई राष्ट्र बैंकले सो रकम कोषमा राख्न सुझाव दिन सक्छ ।

गत वर्ष विकास बैंकको खराब कर्जा बढेको छ । राष्ट्रियस्तरका विकास बैंकको औसत २.४६ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष १.४४ प्रतिशत खराब कर्जा थियो ।

वि.सं.२०८० साउन २४ बुधवार १३:४४ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...