back
CTIZAN AD

एनआईसी एशियाद्वारा तीन कर्जा योजना सार्वजनिक

वि.सं.२०८० साउन २६ शुक्रवार

2K 

shares

काठमाडौं । एनआईसी एशिया बैंकले तीन कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट सेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको हो ।

बैंकले साउन २५ गतेको बैंकको संचालक समितिको निर्णय अनुसार भन्दै ११.९९ प्रतिशत ब्याज मै सेयर धितो कर्जा दिन सबै शाखाहरुलाई सर्कुलर गरेको छ । औसत बेस रेटमा १.८१ प्रतिअशत प्रिमियम जोडेर ११.९९ प्रतिशत ब्याजमा शेयर धितो कर्जा दिन बैंकले सर्कुलर जारी गरेको हो । न्यूनतम ५० लाखदेखि अधिकतम १२ करोड रूपैयाँसम्म अठोट शेयर धितो कर्जा दिने र कर्जामा १ वर्षको भुक्तानी अवधि (वार्षिक रुपमा नवीकरण गर्न सकिने) बैंकले जनाएको छ ।

त्यस्तै, बैंकले न्यूनतम २५ लाखदेखि अधिकतम १२ करोड रूपैयाँसम्मको अठोट घर कर्जा योजना ल्याएको छ । २५ वर्षसम्मको कर्जा अवधि रहेको यस अठोट घर कर्जा ग्राहकहरुले आकर्षक तथा न्यूनतम ब्याजदरमा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार यस योजना अन्तर्गत ग्राहकले निजी आवासीय घर खरिद गर्न, निजी आवासीय अपार्टमेन्ट खरिद गर्न, निजी आवासीय घर निर्माण गर्न, निजी आवासीय घर मर्मत तथा तला थप्न र निजी आवासीय घर निर्माण गर्न जग्गा खरिद गर्न यो कर्जा सुविधा उपयोग गर्न सक्ने छन् । साथै, अन्य बैंक तथा वित्तीय संस्थामा रहेको व्यक्तिगत आवासीय घरकर्र्जा यस बैंकको अठोट घर कर्जामा स्वापः गर्न सकिने व्यवस्था समेत बैंकले गरेको जनाएको ।

त्यस्तै, बैंकले ग्राहकहरुको व्यवसाय सञ्चालन तथा विस्तार गर्नका लागि ल्याएको अठोट साना व्यवसाय कर्जामा न्यूनतम २५ लाखदेखि अधिकतम ५ करोड रूपैयाँसम्म कर्जा उपलब्ध हुने जनाएको छ । अधिकतम १५ वर्ष कर्जा अवधि कायम गरिएको यस कर्जामा आकर्षक तथा न्यूनतम ब्याजदर कायम गरिएको बैंकले उल्लेख गरेको छ ।

साना तथा मझौला व्यवसाय तथा कृषि व्यवसायहरुलाई लक्षित गरी ल्याएको यस कर्जा अन्तर्गत लगानीकर्ताहरुले सञ्चालित वा नयाँ व्यवसायहरुको अल्पकालीन वा दीर्घकालीन लगानी आवश्यकताका लागि यो कर्जा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

 

वि.सं.२०८० साउन २६ शुक्रवार १०:४८ मा प्रकाशित

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...