back
CTIZAN AD

प्रदेशका मन्त्रीहरुसँग कृषि मन्त्रीको प्रश्न : समन्वय नगरी कसरी काम हुन्छ ?

वि.सं.२०८० साउन २६ शुक्रवार

672 

shares

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले तीन तहका सरकारले समन्वयात्मक ढंगले काम गर्नुपर्नेमा जोड दिएका छन् । देशका सात वटै प्रदेशका कृषि मन्त्री, पोखरा महानगरपालिकाका मेयर, प्रदेशका कृषि सचिव बीच भएको विषयगत समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री भुसालले तीन तहकै सरकार बीच समन्वयको जरुरी औल्याए ।

‘अर्थतन्त्रको बलियो आधार कृषि र पशुपालन नै हो । यसलाई प्रभावकारी ढंगले भूमिका निर्वाह गर्नका लागि हामी बीच समन्वयको जरुरी छ । आ–आफ्ना डम्फु बजाएर हिँडे कतै पुगिन्न् । मुलुकको विकासको लागि मिलेरै अगाडि बढौं,’ मन्त्री भुसालले भने ।

मन्त्री भुसालले अब छिट्टै कृषि ऐन ल्याउने गरी तयारी भइरहेको जानकारी दिए । कृषि ऐन बनाउँदा आवश्यक छलफल भएको भन्दै अझै ऐनमाथि सुझाव, सल्लाह दिन चाहे एक हप्ता भित्र सुझाव दिन प्रदेश र स्थानीय सरकारलाई उनले आग्रह गरे ।

साथै मन्त्री भुसालले कृषि उपज निर्यातको सम्बन्धमा भारतसँग कुराकानी भइरहेको जानकारी दिए । आफ्नो पहलमा स्कुज, टमाटर लगायतका कृषि उपज निर्यात भएको उनले बताए । अझ निर्यातलाई प्रभावकारी बनाउनका लागि आगामी सेप्टेम्बरमा दुई देशका सचिव स्तरीय बैठक आयोजना हुने जनाए । त्यस बैठकले दुई देश बीच कृषि र पशुपालनबारे आवश्यक निर्णय लिने विश्वास व्यक्त गरे ।

मन्त्री भुसालले सम्भावित विपतबारे पूर्व तयारी गर्नुुपर्नेमा जोड दिए । आजभन्दा तीन बर्ष पहिले आएको लम्पी स्किन रोग देशभर फैलनुको कारण पूर्व तयारीकै कमी भएको उनले जनाए ।

‘हामी रोग, उपचार र नियन्त्रणमा मात्र होइन् सम्भावित विपत आँकलन गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ । तीन बर्ष पहिले देखिएको लम्पी स्किनलाई समयमा नियन्त्रण गर्न नसक्दा आज यो स्थिति आएको हो, मन्त्री भुसालले भने, ‘हामी यस्ता जोखिमबारे पहिल्यै नै सचेत बन्नुपर्छ ।’

लम्पी स्किनबाट प्रभावित किसानलाई राहत उपलब्ध गराउनेबारे आवश्यक तयारी भइरहेको समेत मन्त्री भुसालले जनाए । ‘राहतलाई के आधारमा, कुन मापदण्ड र कुन प्रक्रियाबाट वितरण गर्ने भन्नेबारे पशु सेवा विभागले काम गरिरहेको छ, मन्त्री भुसालले भने, ‘विभागले कार्यविधि निर्माण गरेपछि छिट्टै नै राहत वितरण गर्छौ ।’

उक्त बैठकमा संघ, प्रदेश र स्थानीय तह कृषि तथा पशुपन्छी क्षेत्र समन्वय निर्देशिकाबारे आवश्यक छलफल गरी यसलाई पारित गर्ने निर्णय भएको छ ।

वि.सं.२०८० साउन २६ शुक्रवार ११:५१ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...