back
CTIZAN AD

क्षमताभन्दा तेब्बर कैदीबन्दी, ठाउँ साँघुरो भएपछि कैदीबन्दीको बास त्रिपालमुनि

वि.सं.२०८० साउन २६ शुक्रवार

1.3K 

shares

चितवन । झमझम पानी परिहँदा यहाँको कारागारमा रहेका कैदीबन्दी त्रिपालमुनि रात बिताउन बाध्य भएका छन् । दिनको चर्को घाममा समेत उनीहरुको बसाइ पालमुनि हुने गरेको छ ।

चितवन कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् भने वर्षात्का कारण उनीहरुलाई झनै समस्या हुँदै आएको छ । पक्की संरचनामा कैदीबन्दी नअटेपछि उनीहरुलाई बाहिर त्रिपालमुनि र पालीमा राखिएको हो ।

कारागार कार्यालय चितवनका निमित्त प्रमुख लेखनाथ पौडेलका अनुसार दुई सय ८० जनाको क्षमता रहेको कारागारमा अहिले सात सय ६० जना कैदीबन्दी रहेका छन् । उनीहरुसँग आश्रित पाँचजना बालबालिका रहेको कारागार प्रशासनले जनाएको छ । जसमध्ये दुई सय ५५ जनाको क्षमता रहेको पुरुष कैदीबन्दी गृहमा सात सय १३ र २५ जनाको क्षमता रहेको महिला बन्दी गृहमा ४७ जना रहेका छन् । महिलाहरुसँगै आश्रित बालबालिका रहेका छन् ।

ठाउँ साँघुरो भएपछि ५० जना पुरुष कैदीबन्दीलाई पालमुनि राखिएको छ । त्यति नै सङ्ख्या हाराहारी पालमुनि रहेका छन् ।

पौडेलले भने, “सङ्ख्या धेरै र ठाउँ साँघुरो हुँदा व्यवस्थापन गर्न कठिन भएको छ ।” त्यसमाथि पनि कैदीबन्दीमा विभिन्न रोग भएकाहरु समेत भएकाले बसाइ कठिन भएको छ । जिल्लामा क्यान्सर सहितको उपचार हुने भएकाले छिमेकी जिल्लाबाट समेत बिरामी कैदीबन्दी यहाँ आउने गर्दछन् । नवलपरासीको बर्दघाट सुस्ता पूर्वका कैदीबन्दीहरुसमेत यही ल्याइने गरिएको छ । सो जिल्लामा कारागार नहुँदा यहाँ ल्याइने गरेको छ ।

गएको वैशाखदेखि नै कैदीबन्दीलाई त्रिपालमुनि राखिएको उनले जानकारी दिए । वर्सातको समयमा त्रिपाल र पालमुनि रात बिताउने कैदीबन्दीलाई पानीले समस्या बनाउने गरेको छ । ओढाएको त्रिपाललाई भुइँसम्म झारेर ढुङ्गाले किचेर पानी पस्नबाट रोक्ने प्रयास गरिएको छ । यद्यपि सुतेको ठाउँमा पानी पस्ने गर्दछ । उनीहरु भुइँमा सुत्ने हुँदा गर्मीमा सर्प दंशको समेत जोखिम हुने गरेको छ । मुख्य सहरी क्षेत्रको साँघुरो ठाउँमा कारागार रहेको छ । कारागारलाई सहरभन्दा केही पर नयाँ संरचना बनाएर स्थानान्तरण गर्ने योजना रहेको भए पनि काम हुन नसक्दा कैदीबन्दीले थप कष्टकर जीवन बिताउन बाध्य छन् । कारागारका कर्मचारीहरुलाई कैदीबन्दीको व्यवस्थापन जटिल बन्दै गएको छ ।

वि.सं.२०८० साउन २६ शुक्रवार ११:५६ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...