काठमाडौं । शनिबार रातिदेखि निरन्तर परिरहेको वर्षाका कारण देशका विभिन्न जिल्लामा रहेका नदीहरुको बहाव बढ्दो रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ३ घण्टामा बर्दियाको रमभापुर, रानी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी बर्षा मापन भएको छ । त्यहाँ थप बर्षा हुने पूर्वानुमान रहेको र सो क्षेत्र भई बहने स–साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने हुनाले तटीय क्षेत्रमा रहनेहरुाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
त्यस्तै मकवानपुरको मकवानपुर गढी र हेटौँडा वर्षामापन केन्द्र तथा आसपासको क्षेत्रमा भारी बर्षा मापन भएको छ । सो क्षेत्र भई बहने कर्रा, सम्री खोला लगायत उक्त जिल्लाको स–साना खोलाहरुमा बहाब बढ्ने तथा आकस्मिक बाढी आउन सक्ने भएकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
महाशाखाका अनुसार आज बग्मती, नारायणी, कर्णाली, पश्चिम राप्ती, बबई, महाकाली र यसका सहायक नदीहरुको जलसतह सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
वि.सं.२०८० साउन २८ आइतवार १२:५२ मा प्रकाशित






























