back
CTIZAN AD

ड्रागन फ्रुट खेतीबाट मनग्य आम्दानी गर्दै विमलेश

वि.सं.२०८० साउन २८ आइतवार

1K 

shares

गलकोट । बागलुङका निर्माण व्यवसायी विमलेश आचार्यले पहिलोपटक बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक उत्पादन थालेका छन् बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती थालेको एक वर्षमै उत्पादन दिन थालेपछि अहिले यहाँ यसको उच्च माग हुन थालेकोे छ ।

बहुगुणी फलफूलका रुपमा रहेको ड्रागन फ्रुटको व्यावसायिक खेती थनालेका बागलुङ नगरपालिका–१ रामरेखाका उनले पहिलो चरणमा यसको फल उत्पादन गरी रु एक लाखमा एक सय ५० केजी फ्रुट बिक्रीसमेत गरिसकेको बताए ।

रातो रङ्गको ड्रागन फ्रुटको व्यावसायिक खेती गरेका आचार्यले एक वर्षमै उत्पादन दिन थालेपछि आफू दङ्ग परेको उल्लेख गरे । जिल्लामै ठूलो क्षेत्रफलमा यो खेती गर्ने उहाँ पहिलो कृषक हुन् । “छ रोपनी जग्गामा गरिएको उक्त खेतीबाट अहिले उत्पादन सुरु भइरहेको छ, पहिलो चरणमा एक सय ५० केजी ड्रागन फ्रुट बिक्री भइसकेको छ, दोस्रो चरणमा अझ धेरै उत्पादन हुन्छ, माग अत्यधिक भएकाले फार्मबाटै फ्रुट बिक्री भइरहेको छ”, आचार्यले भने, “ पूर्वमन्त्री लोकेन्द्र विष्टलगायत सफल ड्रागन व्यवसायीको प्रेरणाबाट मैले यो खेती एक वर्षअघिदेखि आफ्नै छ रोपनी जग्गामा ड्रागन फ्रुटका बिरुवा लगाएको थिए, दुई हजार एक सय ड्रागन फ्रुटका बिरुवा लगाइएकामा सबै बिरुवा राम्रोसँग हुर्किएर फल लाग्न थालेपछि हर्षित भएको छु, सबै बिरुवा मोरङ जिल्लाबाट ल्याएको थिए ।”

उनका अनुसार ड्रागन फ्रुट सी भेराइटी मध्येको रातो जातको हो । अहिले आचार्यले प्रतिकेजी रु पाँच सयका दरले ड्रागन फ्रुट बिक्री गरिरहेका छन् ।

पछिल्लो समय निकै राम्रो मूल्य र बजारमा माग पनि बढेकाले बागलुङमा व्यावसायिकरूपले यसको उत्पादन थालिएको हो । ड्रागन फ्रुटको महत्व थाहा पाएपछि पूर्वमन्त्री लोकेन्द्र विष्ट लगायतले खेती अवलोकन गरेका थिए । आचार्यले यस खेतीका लागि कृषि ज्ञान केन्द्रले प्राविधिकसँगै मल्चिङ प्लास्टिक र थोपा सिँचाइका लागि सहयोग गरिरहेको बताए ।

निर्माण व्यवसायीसमेत रहेका उनले यो खेती विस्तारका लागि रु ५० लाख लगानी गरी प्रतिबिरुवा रु चार सयमा खरिद गरेर लगाइएको जानकारी दिए । ड्रागन फ्रुटका लागि सिमेन्टको पोल र टायरसमेत आवश्यक पर्ने भएकाले छ सय सिमेन्टका पोल र टायरमा दुई हजार एक सय बिरुवा आचार्यले लगाएका थिए ।

जग्गा व्यवस्थापन, तारबार, टायर, बिरुवा र पोललगायतका लागि रु ५० लाखभन्दा बढी लगानी गरिसकेको र आगामी दिनमा लगानी बढाउने योजना रहेको उनको भनाइ थियो । आचार्यले १४ थरी फलबाट आउने पोषण तत्व ड्रागन फ्रुटबाट मात्रै पाइने भएकाले यसको बजारका लागि कुनै समस्या नदेखेपछि आफूले यसतर्फ लगानी बढाउँदै लगेको बताए ।

ड्रागन फ्रुटको व्यावसायिक खेतीमा सुरुमा धेरै लगानी गरे पनि पछि राम्रो कमाई हुने गरेको छ । उनले ड्रागन फ्रुट रोपेको १८ महिनाभित्रै उत्पादन भइसक्ने अनुमान गरिएकामा एक वर्षभित्रै फल लागेपछि खुसी भएको बताए ।

ड्रागन फ्रुटका लागि पोल र सुरक्षाका लागि गरिने तारबारका कारण सुरुआती लगानी नै धेरै भए पनि त्यसपछि खर्च घटेर आम्दानी बढ्दै जानेछ । कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बागलुङमा पहिलो पटक ड्रागन फल उत्पादन भएको बताए । “उनले आफ्नै लगानीमा फर्म स्थापना गरेका हुन्, तर पछि हाम्रो प्राविधिक सहयोगसँगै मल्चिङ प्लास्टिक र सिँचाइका लागि सहयोग गरिएको छ”, प्रमुख भट्टराईले भने, “उच्च व्यावसायिकता भएको ड्रागन फलको बजार निकै राम्रो छ ।”

दक्षिण पूर्वी एसियाका देश भियतनाम, फिलिपिन्स, थाइल्यान्डलगायत हुँदै अहिले यो फल नेपालमा भित्रिएको छ । ड्रागन फल गर्मी र सुक्खा हावापानीमा हुने सिउडी प्रजातिको फलफूल हो । यस फलको जातमा रातो बोक्रा, पहेँलो बोक्रा र सेतो रङ हुने गरेको छ । यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ । यो फलमा क्यान्सरबिरुद्ध प्रतिरोधात्मक गुण हुन्छ । जस्तोसुकै माटोमा खेती गर्न सकिने यस फललार्ई गमला, छत तथा करेसामा पनि लगाउन सकिन्छ ।रासस

वि.सं.२०८० साउन २८ आइतवार १३:२३ मा प्रकाशित

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...