back
CTIZAN AD

‘बा’ लाई फेरि प्रधानमन्त्री बनाउने भन्दै केपी ओलीलाई भेटे सुनिल शर्माले

वि.सं.२०८० साउन २८ आइतवार

1.3K 

shares

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका सांसद तथा नेपाली कांग्रेसका नेता शुनिल शर्माले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

आइतबार बिहान ओली निवास बालकोट पुगेर केपी ओलीलाई भेटेका शर्माले बाहिर निस्कने क्रममा ओलीलाई फेरि प्रधानमन्त्री बनाउने भन्ने प्रतिक्रिया पत्रकार समक्ष दिएका थिए ।

‘बा’ लाई फेरि प्रधानमन्त्री बनाउने हो । शेरबहादुर देउवालाई पनि प्रधानमन्त्री बनाउने हो । शेखर कोइराला गगन थापा सबै बन्दै जान्छन्,’ पत्रकारहरुसँगको प्रतिक्रियामा उनले भने ।

उनले आफुलाई बिना पुर्जी घरबाट पक्रेर कस्टडीमा हाल्ने भनेको सामान्य हो भन्दै प्रतिप्रश्न गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई आतंककारीको आरोप समेत लगाए ।‘ यस्तो आतंककारी प्रधानमन्त्री र गृहमन्त्रीले एक मिनेट पदमा बस्ने अधिकार छ ?’ उनले भने,’ अलिकति पनि नैतिकता छ भने राजीनामा दिनुपर्छ । रोल्पा र रुकुममा बसेर एके ४७ चलाको हो । यो लोकतन्त्र हो । पावरमा छु भनेर जे पनि गर्न पाइन्छ ?’

उनले जनताको म्यान्डेट कांग्रेस र एमाले मिलेर सरकार चलाउ भनेको बताउँदै एमाले र कांग्रेस मिलेर सरकार चलाउनुपर्ने समेत बताए ।

नोबेल कलेज र केएमसी अस्पतालका संचालक रहेका शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एमबीबीएस पढ्दा पेश गरेको आईएस्सीको प्रमाणपत्र नक्कली रहेको विषयमा छानविनका लागि भन्दै  बिहीवार पक्राउ गरेको थियो । यद्यपी उनलाई शुक्रबार जिल्ला अदालतले थुनामा राख्न नपर्ने आदेश दिएपछि उनी रिहा भएका थिए ।

वि.सं.२०८० साउन २८ आइतवार १४:२९ मा प्रकाशित

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

काठमाडौँ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट...

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स...