back
CTIZAN AD

अलैचीको भाउ बढ्दा, उत्पादन घटेपछि भोजपुरका अलैची किसान मारमा

वि.सं.२०८० साउन २८ आइतवार

1.5K 

shares

टक्सार (भोजपुर) । खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो आन्दानीको स्रोत हुने भएपछि कृषक अलैँची खेतीमा लाग्दै आएका छन् ।

अलैँचीले उचित मूल्य नपाएको गुनासो बढिरहँदा यस वर्ष उत्पादनमा पनि कमी आएको छ । अलैँची व्यवसायी महासङ्घ भोजपुरका पूर्वअध्यक्ष नवीन प्रधानले भने, “गत वर्ष उत्पादन राम्रो थियो, मूल्य कम थियो तर यस वर्ष मूल्य बढेको छ, उत्पादनमा भने ह्रास आएको छ ।” उत्पादन घटेका कारण मूल्य बढेर पनि कृषकलाई नाफा भएन ।

आफूले ३० रोपनीभन्दा बढी क्षेत्रफलमा अलैँची व्यवसाय गरे पनि यस वर्ष उत्पादन नभएको प्रधानको गुनासो छ । अलैँची उत्पादनमा गिरावट आएपछि समस्यामा परेको भोजपुर नगरपालिका–१० का कृषक दुर्जधन राईले बताउछन् । यस वर्ष अलैँचीको मूल्य प्रतिमन रु ६० हजारभन्दा माथि भए पनि उत्पादन ७० प्रतिशतभन्दा बढीले कमी आएको कृषक उनको भनाइ छ । गत वर्ष किसान राईले चार मन अलैँची उत्पादन गरेका थिए ।

वर्षौँदेखि बाँझो रहेको जग्गामा कृषकले मुख्य आम्दनीको स्रोतका रूपमा अलैँचीखेती गर्दै आइरहेका छन् । अन्न नफल्ने भिरालो खोल्सा र अन्य बाली नलाग्ने पाखा भित्तामा पनि अलैँचीखेती गर्न सकिने भएकाले यसतर्फ कृषकको लगाव बढी देखिएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।

कृषकलाई प्रधानमन्त्री अधुनिकीकरण परियोजनाले प्रविधिक तथा ५० प्रतिशत लागत साझेदारीमा थप खेती विस्तारमा सहयोग गरेपछि अलैँची खेती गर्ने कृषकको सङ्ख्यामा वृद्धि हुँदै गएको कृषि ज्ञान केन्द्रका प्रमुख गणेश खत्रीले बताए ।

खडेरी र रोगले अलैँची नष्ट भएपछि उत्पादनसमेत घटेको हो । उत्पादन नघट्ने हो भने कृषकको आर्थिकस्तरमा मात्र नभएर जिल्लाको अर्थतन्त्रमा समेत अलैँचीले सहयोग गर्ने भोजपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कर्ण मोक्तानले बताउछन् । “कृषकलाई उचित मूल्य पाउनै समस्या हुन्छ, मूल्य बढ्दा उत्पादनमा कमी आएको छ, कृषक मारमा छन्”, उनले बताए ।

खेतीमा लाग्ने विभिन्न रोगका कारण पनि उत्पादन कमी आएको अलैँची व्यवसायी महासङ्घ भोजपुरका अध्यक्ष राजेश विष्टले बताए । बगानमा छिर्केफुर्के, जरा तथा पाना कुहिने, डढुवाजस्ता रोग देखिने भएकाले पनि उत्पादनमा कमी आएको उनको भनाइ छ ।

जिल्लाको दोभाने, खावा, ओख्रे, तिम्मा, श्यामशिला, षडानन्द नगरपालिका, कोट, सिद्धेश्वर, चम्पे, बोखिम, भैँसीपङ्खा, भोजपुर, बोया, गोगने, खार्ताम्छा, कुदाककाउले, हेलौछालगायत करिब एक हजार पाँच सयभन्दा बढी हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिन्छ ।

अन्तर्राष्ट्रिय बजारमै नेपालबाट निर्यात गरिने अलैँचीको मूल्यमा आएको गिरावटले आम्दानीभन्दा श्रम ज्यादा हुने गरेको बताइएको छ । अलैँची उत्पादनअनुसार मूल्य नभएपछि सिजनका बेला बगानमा अलैँची टिप्ने, छोडाउने, सुकाउने, ओसार्ने, गोडमेल गर्ने, पानी लगाउने काममा श्रमिकलाई दिइने ज्यालामात्रै रु दुई लाखसम्म लाग्ने गरेको अलैँची कृषकको गुनासो छ ।

अलैँची कृषक बखतबहादुर श्रेष्ठले यस वर्ष मूल्यमा वृद्धि भएको भए पनि उत्पादनमा कमी आएको बताए । “हामी मूल्य बढ्नुपर्छ भनेर चिन्तित थियाँै, तर बढेर पनि उत्पादन घट्दा हामी कृषकलाई फाइदा भएन”, उनले भने । भोजपुरमा उत्पादन भएको अलैँची धनकुटाको हिले, सङ्खुवासभा, धरान, झापाको बिर्तामोडमा सङ्कलन हुँदै बाहिरी बजारसम्म बिक्रीका लागि जाने गरेको छ । रासस

 

वि.सं.२०८० साउन २८ आइतवार १४:४५ मा प्रकाशित

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

काठमाडौँ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट...

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स...