back
CTIZAN AD

किन घटिरहेको छ जीवन बीमामा आकर्षण ?

वि.सं.२०८० साउन २८ आइतवार

1.1K 

shares

काठमाडौं । जीवन बीमा क्षेत्रमा क्रमशः आकर्षण घट्न थालेको छ । बीमा क्षेत्रका कम्पनीहरुले गरेको व्यवसायलाई हेर्दा यस्तो देखिएको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार १५ वटा जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष (आव) २०७९/८० मा एक खर्ब ४२ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ प्रिमियम रकम संकलन गरे । सो प्रिमियम रकम अघिल्लो आव ०७८/८० मा भन्दा २.६८ प्रतिशतले मात्रै वृद्धि भएको नेपाल बीमा प्राधिकरणको तथ्यांक छ ।

अघिल्लो आव २०७८/७९ मा जीवन बीमा कम्पनीहरुले १ खर्ब ३८ अर्ब ६४ करोड ५ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए । अघिल्लो आवमा १६ जीवन बीमा कम्पनीले १ करोड ४१ लाख ३७ हजार ३२१ बीमालेख मार्फत उक्त बीमाशुल्क संकलन गरेका हुन् ।

त्यस्तै, गत आवको एक वर्षको अवधिमा एक लाख बढी बीमितले बीमा पोलिसी त्याग अर्थात सरेन्डर गरेका छन् । नेपाल बीमा प्राधिकरणको असार मसान्तसम्म तथ्यांकअनुसार गत आव २०७९/८० मा सञ्चालनमा रहेका १५ बीमा कम्पनीका एक लाख ४ हजार ५०६ जनाले बीमा पोलिसी अर्थात् बीमालेख त्यागेका हुन् ।

जुन अघिल्लो वर्षको तुलनामा २७.६६ प्रतिशतले बढी हो । अघिल्लो आव २०७८/७९ मा १ हजार ८६० जना बीमितहरुले बीमा पोलिसी सरेन्डर गरेका थिए । त्यस्तै, समीक्षा अवधिमा सरेन्डर रकम १७.२० प्रतिशतले बढेको छ ।

बीमितहरुले एक वर्षको समयमा १४ अर्ब २७ करोड ५४ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरे । जुन अघिल्लो वर्ष भने १२ अर्ब १ करोड रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएका थिए ।

तथ्यांकहरु हेर्दा, जीवन बीमा कम्पनीहरुले तिव्रताका साथ व्यसायलाई अगाडि बढाउन सकेका छैनन् भने सरेन्डर गर्ने दर पनि बढ्दै गएको देखिन्छ ।

वि.सं.२०८० साउन २८ आइतवार १६:४५ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...