back
CTIZAN AD

पढ्दै कमाउँदै विद्यार्थी कार्यक्रम : नयाँ उद्यमको विकास, नयाँ व्यवसायको सिर्जना

वि.सं.२०८० साउन २८ आइतवार

1.1K 

shares

कञ्चनपुर । लालझाडी गाउँँपालिकाले पढ्दै कमाउदै विद्यार्थी तथा युवा उद्यमशीलता विकास परियोजनाअन्तर्गत सञ्चालन गरेका कार्यक्रम प्रभावकारी भएका छन् । नवप्रवर्तन साझेदारी कोषको रु एक करोड ४० लाख र गाउँपालिकाको रु ६० लाख गरी रु दुई करोडको लागतमा उक्त परियोजना सञ्चालन गरिएको हो । सीपयुक्त जनशक्ति तयार गरी उत्पादनमूलक क्षेत्रबाट आर्थिक विकास गर्ने उद्देश्यले परियोजना सञ्चालन गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सिद्धराज भट्टले बताए ।

विद्यालयमा विद्यार्थीको आकर्षण बढाउने कार्यसँगै भर्ना दरमा वृद्धि गरी बिचमै विद्यालय छाड्ने विद्यार्थीलाई टिकाउन र गुणस्तरीय सिकाइलाई प्रभावकारी बनाउन सञ्चालन गरिएका कार्यक्रम फलदायी भएको उनले उल्लेख गरे । परम्परागत अन्तरपुस्ता सीप हस्तान्तरणलाई बढावा दिई प्राचीन शैलीका वस्तु आधुनिक तरिकाले उत्पादन गरी स्थानीय भाषा, संस्कृति तथा सांस्कृतिक सम्पदाको संरक्षण तथा आयआर्जन गर्न सञ्चालन गरिएका कार्यक्रमले युवा पिँढीलाई जागरुक बनाएको प्रमुख भटृको भनाइ थियो ।

उनका अनुसार उक्त कार्यक्रमका माध्यमबाट पढ्दै गरेका विद्यार्थी तथा बेरोजगार युवामा उद्यमशीलताको विकासका गर्नाका साथै नयाँ उद्योग स्थापना गरी स्वरोजगार भएका छन् । गाउँपालिकाभित्र दर्ता र सञ्चालनमा रहेका व्यवसायको सफ्टवेयरमार्फत प्रमाणपत्र तयारी तथा अनलाइन अभिलेख व्यवस्थापनको कार्य परियोजनाअन्तर्गत गरिएको छ । आर्थिक अभावका कारण विद्यालय आउन नसक्ने बालबालिकाले पनि आयआर्जनमा सहभागी भई पढाइलाई निरन्तरता दिइरहेको भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक बेदप्रसाद उपाध्यायले बताए ।

विद्यालयमा उक्त परियोजनाअन्तर्गत सञ्चालन गरिएको कार्यक्रमबाट कापी उद्योग सञ्चालन गरिएको उनले जानकारी दिए । “विद्यालयलाई आवश्यक पर्ने कापी उद्योगबाटै उत्पादन हुन्छन” प्रधानाध्यापक उपाध्यायले भने, “उत्पादित कापी बाह्य क्षेत्रमा बिक्री गरी विद्यालयले अतिरिक्त आम्दानी गर्न थालेको छ ।”
विद्यार्थीको सीपमा आधारित व्यवहार परिवर्तन हुनाका साथै अभिभावकको शिक्षामा गर्नु पर्ने आर्थिक लगानीको दायित्व घटेको उनले बताए ।“पढ्दै कमाउँदै कार्यक्रम नौलो अभ्यास भए पनि यसको सफलताले सम्मानजनक समाजिक जीवनयापन गर्न कोशेढुङ्गा भएको छ” गाउँपालिका–३ का अध्यक्ष टीकाराम चौधरीले भने, “पढ्दै गरेका विद्यार्थी तथा बेरोजगार युवामा उद्यमशीलताको विकासबाट नयाँ उद्यमको विकास भई नयाँ व्यवसाय सिर्जना भएका छन् ।”
परियोजनाअन्तर्गत सञ्चालन भएका कार्यक्रमअन्तर्गत १७ बिघामा दुई हजार छ सय बाँसको बिरुवा र पाँच हजार अन्य फलफूलका बिरुवा रोपिएको छ ।बैजनाथ माध्यमिक विद्यालयको दुई बिघा जग्गामा चार वटा पोखरी तयार भई विभिन्न जातका एक हजार आठ सय माछाका भुरा राखिएको छ ।

यसबाट आउँदो असोज सम्ममा चार वटै पोखरीबाट वार्षिक रुपमा रु चार लाख आम्दानी हुने लक्ष्य लिइएको छ ।
विद्यालयमा प्राप्त भएका उपलव्धिलाई संस्थागत र दिगो बनाउदै थप व्यवसाय सिर्जना गर्न सकिने बताइएको छ । परियोजनाको दिगोपनाका लागि गाउँपालिकाबाट चालु आवमा नवप्रवर्तनका लागि रु ३० लाख बजेट विनियोजन गरिएको छ ।
शिक्षा शाखा प्रमुख भट्टका अनुसार विद्यालयमा कार्यक्रम सञ्चालनबाट व्यवसायिक सचेतना बृद्धि, विद्यालय र समुदायबिचमा अपनत्वको भावनाको विकास, उत्पादनमूलक आर्थिक पूर्वाधारको विकाससँगै रोजागारी सिर्जनाको आधार तयार भएको छ । यसैगरी आर्थिक अभावका कारण विद्यार्थीले विद्यालय छोड्ने प्रवृतिमा निकै कमी आउनाका साथै उद्यमशील संस्कृतिको विकासमा सकारात्मक धारणाको विकास, उद्योग र व्यवसायमा स्थानीय समुदायाको सहभागिता पनि बढेको छ । साथै दशवर्षे शिक्षा क्षेत्र योजना कार्यान्वयनमा सहयोग भई निःशुल्क शिक्षा कार्यान्वयनमा योगदान पनि पुगेको छ ।

 

वि.सं.२०८० साउन २८ आइतवार १६:४४ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...