back
CTIZAN AD

लगानीकर्ता झुम्मिन थाले सेयर बजारमा

वि.सं.२०८० साउन २८ आइतवार

1.1K 

shares

काठमाडौं । सेयर बजारबाट बाहिरिएका लगानीकर्ता क्रमशः जोडिन थालेका छन् । जसको प्रभाव कारोबार रकममा उल्लेख्य बृद्धि हुन थालेको छ । कारोबार दरलाई हेर्दा सेयर बजार क्रमशः मौद्रिक नीति जारीपूर्वको वरिपरि पुगेको छ ।

साताको पहिलो कारोबार दिन आइतबार तीन अर्ब एक करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । जुन अनुपातमा गत साउन ८ मा मात्रै कारोबार भएको थियो । उक्त दिन चार अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

साउन ७ मा मौद्रिक नीति जारी भएको थियो । जुन दिन सेयर बजारमा ६३.२४ अंकको बृद्धि थियो भने कारोबार रकम पनि चार अर्बमाथि थियो । जसको भोलिपल्ट साउन ८ मा भने कारोबार रकम चार अर्बमाथि भएपनि किन्नेभन्दा बाहिरिने धेरै हुँदा बजार खस्किएको थियो ।

त्यसयता बजार पनि निरन्तर ओरालोमा रह्यो भने कारोबार रकम पनि उल्लेख्यरुपमा घट्यो । २२ सयमाथि पुगेको सेयर बजार दुई हजारमा ओर्लियो । लगानीकर्ता पनि उल्लेख्य रुपमा घटे ।

पछिल्लो तीन दिनदेखि भने सेयर बजारमा उत्साह देखिन थालेको छ । बैंक तथा वित्तीय संस्थाहरुले अघिल्लो आर्थिक वर्षको नाफा सार्वजनिक गरिरहेको बखत नाफालाई हेर्दै लगानीकर्ताहरु बजारमा लगानी बढाउन थालेका छन् ।

आइतबारको सन्दर्भलाई हेर्दा, वाणिज्य बैंक र विकास बैंकमा उत्साह देखिन्छ भने अन्य अधिकांश सूचकहरु पनि सकारात्मक देखिन्छन् । तीन दिनदेखिको ट्रेण्ड र लगानीकर्ताको उत्साहले पनि बजारमा क्रमशः उत्साह छाउँदै गरेको अनुमान लगाउन सकिन्छ ।

वि.सं.२०८० साउन २८ आइतवार १६:२७ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...