back
CTIZAN AD

बजेटको अभावले १७ वर्ष वितिसक्दा पनि निर्माण पूरा हुनसकेन सहिद रमा स्मृति रङ्गशालाका

वि.सं.२०८० साउन २८ आइतवार

1.5K 

shares

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका –१० अरुणखोलामा रहेको रङ्गशाला बजेट अभाव हुँदा निर्माण पूरा हुनसकेको छैन । अरुणखोलामा रहेको सहिद रमा स्मृति रङ्गशालाका लागि आवश्यक बजेट अभाव हुँदा निर्माण पूरा हुन नसकेको हो ।

विसं २०६३ देखि उक्त रङ्गशाला निर्माण थालनी गरिएको थियो । तर यतिका वर्ष वित्दासमेत यसले पूर्णता भने पाउन सकेको छैन । विभिन्न समयमा मध्यविन्दु नगरपालिका एन्फा, अरुणखोला सामुदायिक वन, राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश सरकार, सङ्घ सरकारको युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा केही संरचना तयार पारिएको छ ।

रङ्गशालामा हालसम्म चारैतिर पर्खाल बनाउने, केही भागमा प्याराफिट निर्माण, चेन्जिङ रुम, गेट, कार्यालय कोठालगायतका संरचना निर्माण गरिएको सहिद रमा स्मृति रङ्गशालाका अध्यक्ष मेघराज पाण्डेले बताए । गत आर्थिक वर्ष मात्रै खेलकुद मन्त्रालयबाट रु ३५ लाख, राष्ट्रिय खेलकुद परिषद्बाट रु २० लाख र मध्यविन्दु नगरपालिकाबाट प्राप्त रु १५ लाख गरी कूल रु ७० लाख बराबरको काम गरिएको अध्यक्ष पाण्डेले बताए ।

उक्त रकमबाट रङ्शालामा प्याराफिटको जग, पिल्लर निर्माण तथा पश्चिम भागमा प्याराफिट निर्माण सम्पन्न भएको मध्यविन्दु नगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव हिमाल सिंह ठकुरीले बताए । मध्यविन्दु खेलकुद विकास समितिको अध्यक्षसमेत रहेका पाण्डेका अनुसार हालसम्म उक्त रङ्गशालामा रु दुई करोड बराबरको काम सम्पन्न गरिएको छ ।

अझै पनि रङ्गशालाको व्यवस्थापनका लागि अनुमानित रु १० करोड आवश्यक रहेको उहाँको भनाइ छ । थोरै बजेट विनियोजन हुँदा रङ्गशाला निर्माण सुस्तगतिमा भएको अध्यक्ष पाण्डेले बताए । “हामी रङ्गशाला निर्माणका लागि काम गरिरहेका छौँ, तर बजेट सधैँ न्यून मात्रमा आउन, सोच अनुसार काम गर्न सकिरहेका छैनौँ”, अध्यक्ष पाण्डेले भने ।

रङ्गशाला निर्माण गर्न सके विभिन्न जिल्लास्तरका खेल सञ्चालनका लागि सहज हुने उनको भनाइ छ । रङ्गशाला निर्माणले खेल प्रशिक्षणका लागिसमेत सहयोग पुग्ने र नयाँ खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने अध्यक्ष पाण्डेको विश्वास छ । यस विषयमा सम्बन्धित सरोकारवालाले आवश्यक बजेट विनियोजनका लागि पहल गर्नुपर्ने र अधुरो रङ्गशालालाई पूर्णता दिन लाग्नुपर्ने उनकोे भनाइ छ ।

वि.सं.२०८० साउन २८ आइतवार १६:२६ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...