काठमाडौं । माओवादी केन्द्रको पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको माओवादी सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
“अमनलाल मोदीलाई फिर्ता बोलाउने र जनमत पार्टीकी अनिता देवी साहलाई मन्त्री बनाउने निर्णय भएको छ”, बैठकको निर्णयबारे पौडेलले भनेका छन् ।
उनका अनुसार बैठकमा संसदमा देखिएको गतिरोध अन्त्यका विषयमा पनि सामान्य छलफल भएको थियो । तर, बैठकले अन्य विषयमा कुनै निर्णय भने लिएको छैन ।
फिर्ता गराउने निर्णय गरिएका मोदी गत माघ ३ गते मन्त्री बनेका थिए। मोरङ क्षेत्र नम्बर ४ बाट लगातार दुई पटक निर्वाचन जितेका मोदी पहिलो पटक मन्त्री बनेका थिए।
सम्बन्धित समाचार
वि.सं.२०८० साउन २८ आइतवार १७:४२ मा प्रकाशित






























