back
CTIZAN AD

नक्कली भन्दै सिआइबीद्वारा पक्राउ गरिएका डाक्टरको प्रमाणपत्र सक्कली पाइएपछि…

वि.सं.२०८० साउन २९ सोमवार

1.7K 

shares

काठमाडौं । नक्क्ली शैक्षिक प्रमाणपत्रका आधारमा डाक्टर बनेको प्रकरणमा पक्राउ परेका एक डाक्टरको प्रमाणपत्र सक्कली भएपछि सिआइवीले प्रष्टकीकरण दिनु परेको छ ।

गत बिहीबार भक्तपुरको लोकन्थलीबाट पक्राउ परेका डा. रंजित कुमार यादवको शैक्षिक प्रमाणपत्र नक्कली भनेर पक्राउ गरेपनि अन्नतः उनी निर्दोष पाइएका छन् । सिआइबीको फक्सट्रट चार्ली अपरेशन अन्तर्गतको अनुसन्धानका क्रममा विहीबार यादवसहित ८ जना डाक्टर पक्राउ परेका थिए । जसमा प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता सुनिल शर्मालाई समेत सिआइबीद्वारा पक्राउ परेका थिए ।

सोहि अपरेशन अन्तर्गत पक्राउ परेका डा यादवको प्रमाणपत्र सबै सक्कली भएको पाइएपछि सिआइबीले कसरी यादव पक्राउ परे भन्ने अनुसन्धानका क्रममा मेडिकल काउन्सिलले सिआइबीलाई गलत व्यक्तिको नाम पठाएपछि यस्तो त्रुटी भएको सिआइवीले स्वीकारेको छ ।
काउन्सीलले आइतबार यादवका बारेमा सिआइबीलाई पत्र लेख्दै अर्कै व्यक्तिको विवरण पठाउनुपर्नेमा भुलवस हिरासतमा रहेका यादवको नाम पठाइएको जनाएको थियो ।

काउन्सीलले सिआइबीबाट माग भए बमोजिम देवेन्द्र यादवका छोरा रंजित कुमार यादवको प्रमाणपत्र पठाउनु पर्नेमा विश्वनाथ यादवका छोरा रंजित कुमार यादवको प्रतिलिपि भुलवस गएको जनाएको छ ।

‘केन्द्रीय अनुसन्धान व्युरोबाट मिति २०७७/१२/०४ गते प्रेषित पत्र २०७७÷१२÷०८ मा काउन्सीलमा प्राप्त भए अनुसार काउन्सीलबाट २०७८/८/१२ गते थप कागजात च..न ४०२/०७८/०७९ (प्र) मार्फत् देवेन्द्र यादवका छोरा रंजित कुमार यादवको प्रमाणपहरुको प्रतिलिपि माग हुँदा यस काउन्सीलमा दर्ता भएका चिकित्सक रंजित कुमार यादव विश्वनाथ यादवका छोराको दर्ता प्रमाणपत्र र आवेदन फारम भुलवस संलग्न हुन गएको कुरा अभिलेखबाट देखिएको जानकारी गराउँदछु ।’काउन्सीलको पत्रमा भनिएको छ ।

यसरी पक्राउ परेका चिकित्सक यादव वास्तविक प्रतिवादी नभएपछि अनुन्धानका लागि हिरासतमा आवस्यक नदेखिएको भन्दै सिआइवीले उनलाई छोडिएको जानकारी दिएको छ ।

यादव हिरासतबाट छुटेसँगै अब नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ ८ मध्ये ६ जना हिरासतमा रहेका छन् । सांसद शर्मा भने जिल्ला अदालतको आदेश अनुसार अनुसन्धानमा सघाउने गरी हिरासतबाट छुटेका छन् । अन्य ६ जनालाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

वि.सं.२०८० साउन २९ सोमवार १३:३३ मा प्रकाशित

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का...

बुद्धिमान वृद्धको उत्तर

बुद्धिमान वृद्धको उत्तर

एक दिन एउटा गाउँमा निकै बुद्धिमान वृद्ध बस्थे। टाढा–टाढाबाट मानिसहरू...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

नेपालगन्ज (बाँके) । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...