back
CTIZAN AD

एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

वि.सं.२०८० साउन २९ सोमवार

1.2K 

shares

काठमाडौँ । सुन तस्कारीको घटनाबारे सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज पनि प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गराएको छ ।

नेकपा (एमाले) का सांसद मानवीर राईले बैठकको सुरुमै बोल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुन तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ भएको भन्दै उक्त प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै सदन अवरुद्ध कायम रहेको अवगत गराए । तत्पश्चात सभामुख देवराज घिमिरेले सदनको नियमित कारबाही अघि बढाउन पटक–पटक आग्रह गर्दा एमालेका सांसद्हरुले नारावाजी जारी राखेपछि बैठक स्थगित भएको हो ।

बैठकको प्रारम्भमा नेपाली कांग्रेसका सांसद डा सुिनल शर्माले आफ्नो रिहाइका लागि आवाज उठाउने सांसदहरुलाई धन्यवाद दिएका थिए । संसद्लाई जानकारी नदिई बिनापुर्जी पक्राउ गरेर लगेको र हिरासतमा दुव्र्यवहार गरेको भन्दै आमरण अनसन बस्ने चेतावनी समेत दिए । प्रतिनिधिसभाको अर्काे बैठक आगामी भदौ ३ गते आइतबार १ बजे बस्नेछ ।

 

वि.सं.२०८० साउन २९ सोमवार १६:२० मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...