back
CTIZAN AD

गौरव बस्नेत राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा

वि.सं.२०८० साउन २९ सोमवार

1.1K 

shares

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले गौरव बस्नेतलाई नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । एन्फाले मङ्गोललियामा हुने एएफसी (एसियाली फुटबल महासङ्घ) फुटसल एसियन कप छनोट २०२४ प्रतियोगिताका लागि उनलार्ई मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकमा थम्मन भुसाललाई नियुक्त गरिएको हो । प्रशिक्षकद्वयलाई एन्फाका महासचिव किरण राईले आज नियुक्ति पत्र प्रदान गरे ।

छनोट प्रतियोगितामा विभिन्न ३१ राष्ट्र सहभागी छन् । यसलाई विभिन्न आठ समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘डि’ मा रहेको छ । नेपालको समूहमा भियतनाम, दक्षिण कोरिया र मङ्गोलिया रहेका छन् । समूह ‘डी’ को खेल आगामी अक्टोबर ७ देखि ११ तारिखसम्म मङ्गोलियमा हुनेछ ।

प्रत्येक समूहका शीर्ष स्थान हासिल गर्ने टोली एएफसी फुटसल एसियन कपका लागि छनोट हुनेछन् । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट सात उपविजेता टोलीले पनि प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

मुख्य प्रशिक्षक बस्नेतले यसअघि सन् २०२२ मा कीर्गिस्तानमा भएको एएफसी फुटसल एसियन कप छनोटमा पनि नेपाली टोलीको प्रशिक्षक समालेका थिए ।

 

वि.सं.२०८० साउन २९ सोमवार १६:३२ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...