back
CTIZAN AD

बागेश्वर धामले विवादित अभिव्यक्ति दिएको भन्दै समाजवादी मोर्चाको आपत्ति

वि.सं.२०८० भदौ ४ सोमवार

1.1K 

shares

नवलपुर । समाजवादी मोर्चा नवलपुरले धिरेन्द्रकृष्ण शास्त्री उर्फ बागेश्वर धाम सरकारको नेपाल र नेपालीप्रति ब्यक्त अभिब्यक्तिप्रति ध्यानाकर्षण जनाएको छ ।

मोर्चाले सोमवार जिल्ला प्रशासन कार्यालय नवलपुरमार्फत गृह मन्त्रालयलाई बोधार्थ सहितको ज्ञापन पत्र बुझाउँदै धार्मिक बक्ताको अभिब्यक्तिले नेपाल र नेपालीको सार्वभौमिकता र भावनामा चोट पुगेको बताएका छन् ।

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी र नेकपा सहितको चार दलका जिल्लास्थित केन्द्र तथा जिल्ला नेतृत्वका प्रतिनिधिद्धारा हस्ताक्षरित विज्ञप्तिमा शास्वत धाममा सञ्चालित हनुमन्त पुराण प्रवचनमा मुख्य प्रवचनकर्ता धिरेन्द्रकृष्ण शास्त्री उर्फ वागेश्वर सरकारद्वारा सार्वजनिक रूपमा नेपाल र नेपाली प्रतिको सार्वभौमिकता माथि अनर्गल र भ्रामक अभिव्यक्ति दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

‘नेपालमा आएर नेपालको सार्वभौमिक अस्मिता र पहिचानको अवमूल्यन गर्दै नेपाल भारतको एक अभिन्न अंग हो भन्नुको तात्पर्य नेपाल भारतको भूगोलभित्रको एउटा भाग हो भन्ने आशययुक्त भ्रामक सन्देश फिजाइएकोप्रति घोर आपत्ति रहेको स्पष्ट पार्दै यस्तो निन्दनीय अभिव्यक्तिले सम्पूर्ण राष्ट्रप्रेमी, देशभक्त नेपाली जनसमुदायमा गहिरो चोट पुगेको’ मोर्चाद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।

मोर्चाले वेला–वेला वागेश्वर लगायतका भारतीय सेलिब्रेटीहरुवाट नेपाल र नेपालीको भावनामाथी सिलसिलेवर रूपमा प्रहार हुनु अत्यन्त नीच, घृणित, हेपाहा प्रवृति भएको ठहर गर्दै सार्वजनिक रूपमा ब्यक्त अभिव्यक्ति सम्बन्धित व्यक्तिवाटै सार्वजनिक रूपमै माफी सहित फिर्ता लिन समेत जोडदार माग गरेको छ ।

नेपाल धर्म निरपेक्ष राष्ट्र भएको र यहाँ सबै धर्मका अनुयायीले आ–आफ्नो आस्था भाव प्रकट गर्न पाउने उल्लेख गरेतापनि धर्मका नाममा गरिने र फिजाइने ढोंगी, प्रलोभन, भ्रामक, प्रमाण विहिन ब्यवहार र आधारहरू स्वीकार्य नहुने समेत विज्ञप्तिमा स्पष्ट उल्लेख छ ।

धार्मिक समारोहका नाममा सञ्चालित यस कार्यक्रममा तिर्थालु भक्तालु र दर्शनार्थीको वहानामा अधिकांश भारतीय नागरिकहरू भित्राएएर नेपाली भूमीमै बसेर नेपालीलाई पागल र नेपाललाई भारतको अंगको संज्ञा दिएर ताली पिटाएको मोर्चाको आरोप छ । ‘यस्ता हर्कतको जति नै शब्दले आपत्ति, भत्सर्ना र खेद प्रकट गरेपनि कमी हुने ठहर सहित सार्वजनिक माफी र यस्ता अभिव्यक्ति फैलाउनेहरुलाई नेपाल प्रवेशमै रोक लगाउन समेत मोर्चाले माग गरेको छ ।

जिल्ला प्रशासन कार्यालय प्रमुख कल्पना श्रेष्ठले बोधार्थ ब्यहोराको पत्र गृहमा पठाउने र कुन प्रसंगमा यस्तो अभिब्यक्ति आएको हो भनेर आफूले पनि बुझ्ने बताइन् ।

 

 

वि.सं.२०८० भदौ ४ सोमवार १७:५९ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...