back
CTIZAN AD

कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

वि.सं.२०८० भदौ ४ सोमवार

975 

shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

९३ सदस्यीय रहेको कोशी प्रदेश सभामा मुख्यमन्त्रीका लागि विश्वासका मत दिन थापाले राखेको प्रस्तावको पक्षमा ४७ मत परेको हो । बैठकमा विश्वासको मतका लागि ७७ जना सांसद उपस्थित रहेका थिए । प्रदेश सभा बैठकको अध्यक्षता गरेका कांग्रेसका सांसद इस्राइल मन्सुरीले पनि मत दिएपछि थापाले बहुमतसहित मुख्यमन्त्री बनेका हुन् ।

एमाले नेतृत्वको सरकारले प्रदेश सभाबाट विश्वासको मत नपाएपछि १६ साउनमा थापा कोशी प्रदेशका मुख्यमन्त्री बनेका थिए । थापाले त्यतिबेला सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरेर मुख्यमन्त्री बनेपछि सर्वोच्चले उनको मुख्यमन्त्री पद बदर गरिदिएको थियो ।
थापाले पछि सभामुख गौतमलाई राजीनामा गर्न लगाएर पुनः मुख्यमन्त्री बनेका थिए ।

सोमबारको प्रदेश सभा बैठकमा थापाले मुख्यमन्त्रीमा विश्वासको मत लिँदा एमालेका प्रदेश सभा सदस्यहरुले नाराबाजी गरिरहेका थिए ।

 

वि.सं.२०८० भदौ ४ सोमवार १८:१५ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...