back
CTIZAN AD

एसिया कप क्रिकेटः आजदेखि श्रीलङ्कामा क्रिकेट प्रतियोगिता शुरु

वि.सं.२०८० भदौ १२ मंगलवार

678 

shares

काठमाडाैँ (कोलम्बो) । पाकिस्तान र श्रीलङ्काको सहआयोजनामा आजदेखि श्रीलङ्कामा एसिया कप क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगितमा छ देशले प्रतिस्पर्धा गर्नेछन् ।

श्रीलङ्काले एक वर्षअघि टी–२० ढाँचामा खेल जितेको थियो । यस वर्ष एसिया कप ५० ओभरमा हुनेछ । भारतमा आगामी अक्टोबरमा हुने विश्वकप प्रतियोगिता अगाडि एसियाका दिग्गज खेलाडी एकअर्काको नाडीछाम्न कोलम्बोमा भिड्दै छन् । प्रत्येक समूहका शीर्ष दुई टोलीले सेप्टेम्बर १७ मा कोलम्बोमा हुने फाइनल स्पर्धा गर्नेछन्भने शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् ।

समूह ‘क’ मा नेपालसहित भारत र पाकिस्तान छन् । भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेको कारण हाइब्रिड मोडलमा सहमति भएपछि शीर्ष स्थानमा रहेको छ । गत साता अफगानिस्तानलाई ३–० ले हराएर विश्व नम्बर एक बनेको पाकिस्तान श्रीलङ्कामा फाइनलसहित बाँकी नौ खेल खेल्नेछ । एक दिवसीय वरियतामा पहिलो नम्बरमा रहेको पाकिस्तान बबर आजमको कप्तानीमा मैदानमा उत्रने छ । दुई पटक एशिया कप उपाधि उचालेको पाकिस्तानी टिममा तीव्र गतिका बलर सहीन शाह अफ्रिदी र नामुद विकेटकिपर मोहम्मद रिजवानलगायत छन् ।

क्रिकेटको पावरहाउस भारत सबैभन्दा धेरै एशिया कप जितेको छ । आठौं उपाधिको लागि एकदिवसीय वरीयतामा तेस्रो स्थानमा रहेको भारतलाई कप्तान रोहित शर्मालेपुनः जितको स्वाद चखाउने प्रयास गर्नेछन् । उनलाई विराट कोहलीजस्ता सिपालु ब्याट्सम्यान, अलराउन्डर हार्दिक पाण्ड्या, द्रुत गतिका बलर जसप्रित बुमराह लगायतको साथ रहने छ ।

कप्तान रोहित पौडेलको नेतृत्वमा पहिलोपटक एशिया कप खेल्न ब्याट्सम्यान आरिफ शेख, लेग स्पिनर सन्दीप लामिछाने र विकेटकिपर आसिफ शेखलगायत खेलाडी श्रीलङ्कामा अभ्यासरत छन् । एक दिवसीय वरियतामा १५ औँ स्थानमा रहेको नेपाल यो वर्षको प्रारम्भमा विश्वकप छनोटमा पुगेर ५० ओभरको खेलमा पराजित भएको थियो ।

समूह ‘ख’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् । बङ्गलादेश एक दिवसीय वरियतामा सातौँ, श्रीलङ्का आठौँ र अफगानिस्तान नवौँ स्थानमा छन् ।(रासस /एएफपी)

वि.सं.२०८० भदौ १२ मंगलवार १६:३८ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...