back
CTIZAN AD

प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

वि.सं.२०८० भदौ १३ बुधवार

903 

shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखराका मानवअधिकारवादी तथा वामपन्थी नेता टेकनाथ बरालको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत पोखरेलीका अभिभावक बरालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुमा समवेदना व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री दाहालले भनेका छन्, “सामाजिक–सांस्कृतिक आन्दोलनको अग्रज व्यक्तित्व, पोखराको वाम–प्रजातान्त्रिक आन्दोलनका अगुवा टेकनाथ बरालको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दछु । पोखरेलीका अभिभावक बरालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु ।”

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण मञ्चको संस्थापक बराल लामो समय नेपालको मानवअधिकार तथा लोकतान्त्रिक आन्दोलनमा सक्रिय थिए । बरालको मङ्गलबार दिउँसो पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ८४ वर्षको उमेरमा निधन भएको थियो । मंगलबार साँझ नै बरालको सेतीनदी तुलसीघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा राजनीतिक दलका नेता, अधिकारकर्मीलगायत सयौँको उपस्थिति थियो ।

वि.सं.२०८० भदौ १३ बुधवार १४:०२ मा प्रकाशित

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र...

लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धको नयाँ कार्यसमिति पदस्थापित, वार्षिक क्यालेन्डर विमोचन

लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धको नयाँ कार्यसमिति पदस्थापित, वार्षिक क्यालेन्डर विमोचन

काठमाडौं । लायन्स इन्टरनेशनल, मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपाल अन्तर्गत डिस्ट्रिक्ट...

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

ब्रिसबेन (अस्ट्रेलिया) । अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट...

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

सान्टियागो (चिली) । चिलीमा भारी वर्षाका कारण आएको आँधीमा परी...

विद्युतमा लगाइएको भ्याट तत्काल खारेज गर्न कुलमान घिसिङको आग्रह

विद्युतमा लगाइएको भ्याट तत्काल खारेज गर्न कुलमान घिसिङको आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा उज्यालो पार्टी...

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितले...