back
CTIZAN AD

चीनसँगको फलदायी वार्ता : आईएमएफ प्रमुख

वि.सं.२०८० भदौ १८ सोमवार

678 

shares

काठमाडौँ  (बेङजिङ)। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रमुखले सोमबार चीनको भ्रमण सम्पन्न गर्ने क्रममा चीनका उच्च अधिकारीसँग भएको ‘फलदायी र ठोस’ वार्ताको प्रशंसा गरेकी छिन् ।

महामारीबाट समग्र विश्वव्यापी आर्थिक पुनरुत्थान सुस्त भइरहेको र यस वर्ष विश्वव्यापी आर्थिक वृद्धिको लागि आफ्नो दृष्टिकोणमा केही सुधार गरिएको आईएमएफले जुलाईमा जानकारी गराएको थियो ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा आईएमएफले सन् २०२३ मा ५.२ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । हालैका महिनाहरूमा कमजोर उपभोक्ता माग, उच्च युवा बेरोजगारी र महत्वपूर्ण सम्पत्ति क्षेत्रको सङ्कटले कोभिड–१९ पछि कमजोर अवस्थामा पुगेको आर्थिक वृद्धि दरमा थप वृद्धि भएको आईएमएफले जनाएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले प्रधानमन्त्री ली खछ््याङ, उपप्रधानमन्त्री हे लिफेङ, केन्द्रीय बैंकका गभर्नर पान गोङसेङ र अर्थमन्त्री लिउ कुनलगायत चिनियाँ नेतृत्वसँग निकै फलदायी र ठोस छलफल भएको बताईन् ।

समूहले ‘विश्व अर्थतन्त्रको अवस्था र यहाँ चीनमा भएका घटनाक्रमका बारेमा’ कुरा गरेको जर्जिएभाले सामाजिक सञ्जाल ’एक्स’मा पोस्ट गरिएको एक भिडियोमा बताएकी छिन् ।

बुल्गेरियाली अर्थशास्त्री जर्जिएभालले भने, “हामीले चीन सरकारले (वृद्धि) लक्ष्यलाई अगाडि बढाउन चालेका कदमहरूको बारेमा कुरा ग¥यौँ । यो लक्ष्य ‘चीनका लागि र समग्र विश्वका लागि महत्वपूर्ण’ थियो ।”

उनले भने, “कोभिड र युद्धको झट्काको प्रभावबाट धेरै देशहरू असुरक्षित भएको विश्वमा आईएमएफसँग उनीहरूलाई सहयोग गर्न वित्तीय शक्ति हुनु महत्वपूर्ण छ ।

उनले भने, “विश्वव्यापी वित्तीय सुरक्षाको केन्द्रमा आईएमएफको भूमिकालाई मान्यता दिएकोमा म चीनप्रति आभारी छु ।”

जर्जिएभाले साङ्घाईका मेयर र ब्राजिलका पूर्वराष्ट्रपति डिल्मा रुसेफलाई पनि भेटेको बताए ।

आईएमएफ प्रमुखले मार्चमा चीनका नीति निर्माताहरूलाई उत्पादकत्व बढाउन र अर्थव्यवस्थालाई लगानीबाट टाढा राख्न र अधिक टिकाउ उपभोग–आधारित वृद्धिको दिशामा पुनः सन्तुलित गर्न आग्रह गरेका थिए (रासस/एएफपी)

 

वि.सं.२०८० भदौ १८ सोमवार १२:४५ मा प्रकाशित

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...