काठमाडौं । नेपाल बैंक लिमिटेडले एसियाली विकास बैंकसँग व्यापार वित्तीय क्षमता अभिवृद्धि गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । नेपाल बैंक लिमिटेडले एसियाली विकास बैंकसँग एडीबीको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स कार्यक्रमअन्तर्गत सम्झौता गरेको हो ।
कार्यक्रमले व्यापार वित्तीयको आवश्यकतालाई सम्बोधन गर्न व्यापारिक ऋण र आवश्यक सहयोग प्रदान गरेर अन्तर्र्राष्ट्रिय व्यापार र विकासलाई टेवा पुर्याउने छ । २०२२ मा एडीबीले गरेको १० हजारभन्दा बढी व्यावसायिक कारोबारमार्फत सात दशमलव सात बिलियन डलरभन्दा बढीको व्यापारिक सहयोगमध्ये ६० प्रतिशतभन्दा बढी साना र मध्यम आकारका व्यवसाय रहेका थिए ।
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडसँग साझेदारी गर्ने पहिलो नेपालको सरकारी बैंक भएको छ र यो सम्झौताले दुई सयभन्दा बढी देशबाट अन्तर्राष्ट्रिय व्यापार गर्न सहयोग प्रदान गर्नेछ ।
वि.सं.२०८० भदौ १८ सोमवार १३:०२ मा प्रकाशित





























