back
CTIZAN AD

काभ्रेमा हरेक महिना ‘फुड फेस्टिबल’, भदौ २२ र २३ गते बनेपामा

वि.सं.२०८० भदौ १८ सोमवार

1.1K 

shares

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक होटल तथा रेष्टूरेन्ट व्यवसायी सङ्घ र पार्टी प्यालेस तथा क्याटरिङ सङ्घले यही भदौदेखि हरेक महिना ‘फुड फेस्टिबल’ आयोजना गर्ने भएका छन् । दुई सङ्घले संयुक्तरुपमा जिल्लाका विभिन्न स्थानमा फुड फेस्टिबल गर्ने जनाएका हुन् ।

बनेपामा आज आयोजित पत्रकार सम्मेलनमा परम्परागत खाना, संस्कृति, वेषभूषा तथा स्वच्छ ‘हाईजेनिक’ परिकार प्रबद्र्धन गर्ने उद्देश्यले यही भदौ २२ र २३ गते जिल्लाको मुख्य सहर बनेपामा वृहत ‘काभ्रेपलाञ्चोक फुड फेस्टिबल, नेवारी सुकुल भोज तथा साँस्कृतिक कार्यक्रम’ आयोजना गर्नेसमेत जानकारी दिए । “बनेपोपछि आगामी असोजमा जिल्लाको अर्को स्थानमा सोही कार्यक्रम गर्न संयुक्तरुपमा योजना बनाउनेछौँ”, होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका जिल्लाध्यक्ष श्यामकुमार भालुले भने ।

उनका अनुसार दुई दिन बनेपास्थित अरनिको पार्टी प्यालेसमा नेवारी सुकुल भोज तथा रेडक्रस चोकदेखि भीमसेनस्थानसम्मको मार्गमा फुड फेस्टिबल तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने छ । जिल्लाको अन्य स्थानमा गरिने फेस्टिबलमा बनेपामा गरिएकै प्रकृतिको कार्यक्रम गरिने छ । विशेषतः जिल्लाका मुख्य सहर तथा बजारमा गरिने कार्यक्रममा स्थान विशेष मौसम, तापक्रमका एवं मागका आधारमा रैथाने खाद्य परिकारको व्यवस्था गरिने सो अवसरमा बताइएको थियो । सङ्घमा जिल्लाका दुई सय होटल तथा रेष्टूरेन्ट र ७० पार्टी प्यालेस आबद्ध छन् ।

यसैगरी आउँदो असोज १९ गतेदेखि १६ दिन बनेपामा व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला ‘बनेपा महोत्सव–२०८०’ चौँथो संस्करण आयोजना गरिने गरिने पनि सो अवसरमा जानकारी दिए । बनेपा ब्वाइज क्लबद्वारा आयोजना गरिने मेलामा आन्तरिक पर्यटनलाई आकर्षित गर्न, विभिन्न कृषि, धार्मिक, र साँस्कृतिक कार्यक्रम, औद्योगिक तथा हस्तकलाका सामग्री प्रबद्र्धन र खेलकुदको विकास गर्ने उद्देश्य रहेको सो अवसरमा बताइएकोे थियो ।

मेलामा कृषि, घरेलु सामग्रीलगायत एक सय स्टल रहने जनाइएको छ । मेलामा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यानको ब्यवस्था गरी मेला अवधिभर प्रत्येक दिन राष्ट्रिय कलाकारको सहभागिता गराएर सांस्कृतिक कार्यक्रमका साथै महिला भलिबल, खुल्ला नृत्य तथा गायन, मार्सल आर्ट तथा ऐतिहासिक बनेपासम्बन्धी चित्रकला प्रतियोगिता गरिने जनाइएको छ ।

वि.सं.२०८० भदौ १८ सोमवार १४:२५ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...