back

गोखुङ्गामा चट्याङ लागेर एकको मृत्यु, चार गम्भीर घाइते

वि.सं.२०८० भदौ १८ सोमवार

513 

shares

अर्घाखाँची । अर्घाखाँची मालारानीको गोखुङ्गामा आज परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चार जना गम्भीर घाइते भएका छन् ।

मालारानी गाउँपालिका-९ गोखुङ्गा सेपानेमा दिउँसो अन्दाजी २ः५० बजे परेको चट्याङले स्थानीय २० वर्षका मिलन खनालको मृत्यु भएको हो । उपचारका लागि अर्घाखाँची अस्पताल सन्धिखर्कमा ल्याइएको र उपचारको क्रममा खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

चट्याङ लागेर गम्भीर घाइते भएका दामोदर खनाल, जेमबहादुर पुन, चन्द्रबहादर पुन र लिलबहादुर पुन चार जनालाई अर्घाखाँची अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको स्वास्थ्यकर्मी अशोक चौहानले जानकारी दिए ।
रासस/फाइल फोटो

वि.सं.२०८० भदौ १८ सोमवार १९:५३ मा प्रकाशित

Himalayan Life AD
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

पाटन (ललितपुर) । नेपाली कांग्रेसका युवाहरूले ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी...

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले...

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको ‘जेनजी’...

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक काठमाडौ...

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

  गोरखा । यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट रु १५...