back
CTIZAN AD

विश्व द्वन्द्वको बढ्दो जोखिममा गइरहेको राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसको भनाइ

वि.सं.२०८० भदौ २३ शनिवार

930 

shares

नयाँदिल्ली। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जी–२० नेताहरूको शिखर सम्मेलनको पूर्वसन्ध्यामा चेतावनी दिँदै विश्व राष्ट्रहरूबीचको विभाजन बढ्दै जाँदा विश्वले द्वन्द्वको जोखिम सामना गरिरहेको बताएका छन् ।

गुटेर्रेसले नयाँ दिल्लीमा पत्रकारसँग भने, “यदि हामी वास्तवमै एक वैश्विक परिवार हौँ भने आज हामी एक निष्क्रिय परिवारजस्तो देखिन्छौँ ।”

“विभाजन बढ्दै गएको छ, तनाव बढिरहेको छ, र विश्वास कम हुँदै गएको छ, जसले एकसाथ विखण्डनको खतरा हुँदै अन्ततः, टकराव बढाउँछ ।

विश्वको कूल गार्हस्थ्य उत्पादनका लगभग ८५ प्रतिशत र विश्व जनसङ्ख्याको दुई–तिहाई हिस्सा ओगटेको जी–२० प्रमुख अर्थव्यवस्थाहरूको समूहमा हाल १९ देशहरू र युरोपेली सङ्घ छन् । तर युक्रेनमा रुसको युद्ध र जलवायु परिवर्तनसँग जुध्न उदीयमान राष्ट्रहरूलाई कसरी सहयोग गर्ने भन्ने विषयमा गहिरो असहमतिले नयाँदिल्लीमा हुने दुईदिने बैठकमा सम्झौताहरूमा बाधा पुग्ने अपेक्षा गरिएको छ ।

गुटेर्रेसले भने, “यो विभाजन सबैभन्दा राम्रो समयमा गहिरो चिन्ताको विषय हुनेछ, तर हाम्रो समयमा यसले विपत्ति निम्त्याउँछ ।”

उनले प्रसङ्गलाई जोड्दै भने, “हाम्रो विश्व सङ्क्रमणकालको कठिन घडीमा छ । भविष्य बहुध्रुवीय छ, तर हाम्रा बहुपक्षीय संस्थाहरूले बितेको युगलाई प्रतिविम्बित गर्छन् ।”

“विश्वव्यापी वित्तीय संरचना पुरानो, निष्क्रिय र अनुचित छ । यसका लागि गहिरो, संरचनागत सुधारको आवश्यकता छ र संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बारेमा पनि यही भन्न सकिन्छ ।

संयुक्त राज्य अमेरिका र भारतसँग बढ्दो व्यापार र भूराजनीतिक तनावको समयमा चीनका राष्ट्रपति सी चिनफिङले जी–२० को बैठकमा भाग नलिने बताए ।

कूटनीतिक दमन र युद्ध अपराधको आरोपले रुसी नेता भ्लादिमिर पुटिनलाई पनि टाढा राखेको छ, यद्यपि मस्कोले आफ्ना सहयोगीहरूलाई युक्रेनमाथिको आक्रमणको अन्तर्राष्ट्रिय निन्दालाई कम गर्न दबाब दिइरहेको छ । (रासस/एएफपी)

 

वि.सं.२०८० भदौ २३ शनिवार ०८:५० मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...