back
CTIZAN AD

ललिता निवास प्रकरणका आरोपितलाई धरौटीमा छाड्न आदेश

वि.सं.२०८० भदौ २४ आइतवार

1.3K 

shares

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा प्रक्राउ परेकाहरुलाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधिश भोलानाथ ढकालको इजलासले उक्त प्रकरणमा पक्राउ परेका मध्ये एक केशव तुलाधरलाई सामान्य तारेखमा छाड्न आदेश दिँदै अन्य सबै आरोपिलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

बालुवाटारस्थित सरकारी जग्गा हिनामिना प्रकरणमा अदालतले मुख्य योजनाकार मानिएका भाटभटेनी सुपरमार्केटका सन्चालक मीनबहादुर गुरुङसँग सबैभन्दा बढी धरौटी माग गरेको छ । गुरुङसँग २ करोड ४६ लाख धरौटी माग गरिएको हो ।

त्यस्तै अन्य आरोपित कलाधर देउजा र विनोद पौडेलसँग १५÷१५ लाख धरौटी माग गरिएको छ भने नारायण मिश्र, गोपाल कार्की, घमनकुमार कार्की, लोकहरि घिमीरे, अरुणकुमार श्रेष्ठ, नारायणराज मिश्र, योगराज पौडेल, रुद्रकुमार श्रेष्ठ र बालकृष्ण श्रेष्ठसँग प्रतिव्यक्ति ७ लाख ५० हजारका दरले धरौटी माग गरिएको बताइएको छ ।

त्यसैगरी शिवजी भट्ट, ध्रुवराज अर्यालसँग जनही ३ लाख ५० हजार र अन्य आरोपि सन्जयकुमार महर्जन, देवनारायण मर्हजन, बाबुराजा महर्जन र सकलानन्द महर्जनसँग १ लाख १० हजार रुपैयाँका दरले धरौटी माग गरिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) ले गत भदौ ५ गते उक्त प्रकरणमा गरेको अनुसन्धानको प्रतिवेदन सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको थियो । सिआइवीले उक्त मुद्दामा मृत्यु भइसकेका २१ सहित ३१० जनालाई प्रतिवादी बनाएको थियो । सोहि प्रकरणका केही प्रतिवादी फरार रहेका थिए ।

 

वि.सं.२०८० भदौ २४ आइतवार १६:५८ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...