Logo
९ आश्विन २०८०, मंगलवार
     Tue Sep 26 2023
E-paper
  English Edition
   Unicode
Logo

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता भदौ २७ गतेदेखि



काठमाडौँ । नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो सङ्घको संयुक्त आयोजनामा ११औँ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०२३ हुने भएको छ । प्रतियोगिता यही भदौ २७ देखि ३१ गतेसम्म राजधानीमा हुने आज आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइएको छ ।

प्रतियोगितामा सात सय ११ महिला र एक हजार ६७ पुरुष गरी कुल एक हजार सात सय ७८ जना सिनियर तथा जुनियर खेलाडी सहभागी हुने तेक्वान्दो सङ्घका उपाध्यक्ष तथा प्रतियोगिता आयोजक समितिका संयोजक भानबहादुर चन्दले जानकारी दिए । उनका अनुसार पुम्सेतर्फ २५ र ग्यरोगी (फाइट) तर्फ ३२ गरी जम्मा ५७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

यसअघि नेपाली खेलाडीमात्र भाग लिने यस प्रतियोगितामा पहिलो पटक भारत र बङ्गलादेशका खेलाडीले सहभागिता जनाएका छन् । भारतबाट ३५ र बङ्गलादेशबाट ३३ खेलाडीले भाग लिने आयोजक सङ्घले जनाएको छ ।

उक्त प्रतियोगिता सञ्चालनका लागि करिब रु ३५ लाख खर्च लाग्ने आयोजकको भनाइ छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई कोरियामा आयोजना हुने विश्व कोरियन एम्बासडर प्रतियोगितामा सहभागी गराइने आयोजक सङ्घले जनाएको छ ।

 


-->

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीद्धय डा.

बेइजिङ । चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको

येरेभान । नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन्

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक