काठमाडौं । एकिकृत समाजवादी पार्टीले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ ।
सो पार्टीद्वारा बिहीबार जारी अन्तरपार्टी निर्देशन (अपानि) मा स्थायी कमिटी सदस्य हरि पराजुलीलाई सचिवमा मनोनित गरिएको छ भने केन्द्रीय सदस्यमा २१ जना मनोनित भएका छन् ।
त्यसैगरी केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा शिवबहादुर देउवा तथा उपाध्यक्षमा लेखनाथ गुरागाईँ र सचिवमा बालचन्द्र मिश्र छन् ।
त्यस्तै लेखा परीक्षण आयोगको अध्यक्षमा माधव पौडेल, उपाध्यक्षमा विद्या ढकाल र सचिवमा सुशील ढुंगाना रहेका छन् भने निर्वाचन आयोगको अध्यक्षमा माधव पौडेल, उपाध्यक्षमा चन्द्रकान्त ज्ञवाली र सचिवमा रोशन सुवेदी रहेका छन् ।
त्यस्तै विदेश विभाग प्रमुखमा झलनाथ खनाल, उपप्रमुखमा प्रमेश हमाल, संगठन विभाग प्रमुखमा डा. वेदुराम भुसाल र उपप्रमुखमा प्रकाश ज्वाला रहेका छन् भने पार्टी स्कुल विभागको प्रमुखमा प्रमेश हमाल र केन्द्रीय कार्यालय प्रमुख जीवनराम श्रेष्ठ रहेका छन् ।
कस्लाई के जिम्मेवारी दिइयो त ?
वि.सं.२०८० भदौ २८ बिहीवार १९:५१ मा प्रकाशित






























