नेपालगञ्ज । आइसर ३०१५ जेएचएसडी ग्राहक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । उक्त भेलामा ५० जनाभन्दा बढी ग्राहकहरूको सहभागिता रहेको थियो । भेलामा सहभागीहरूले आइसर ३०१५ जेएचएसडी मोडेलका आकर्षक फिचर र सकारात्मक पक्षहरूबारे उत्सुकतापुर्वक जानकारी लिएका थिए ।
भेलाका सहभागीहरूले गाडीको शक्तिशाली इन्जिन, माइलेज र उच्चस्तरिय सुरक्षा सुविधाजस्ता प्रभावकारी फिचरहरूका बारेमा जानकारी लिएका थिए । जसतले ग्राहकहरूलाई गाडीको क्षमताबारे राम्रो जानकारी गराएको थियो ।
‘यहाँका हाम्रा ग्राहकहरूको सकारात्मक प्रतिक्रियाबाट हामी साँच्चै खुसी छौं ।’ बतास एमएडब्लूका प्रडक्ट म्यानेजर ठाकुर कुमार गाहले बताए, ‘सहभागीहरूको उत्साहजनक सहभागिताले आइसरका उत्पादनप्रतिको विश्वास झल्काउँछ ।’
गाहले प्रिमियम नेक्स्ट जेनेरेसन लेबल उत्पादन रहेको आइसर ३०१५ जेएचएसडीबाट तुलात्मक रूपमा ५ देखि ८ प्रतिसत अतिरिक्त माइलेज पाउनुको साथै लामो यात्रामा रेस्टको लागि गाडी भित्र नै सिल्पर क्याबिन रहेको जानकारी दिए ।
साथै २७ प्रतिशत उकालोमा सजिलै आइसर ३०१५ जेएचएसडी मोडेलको गाडीले १०.३ टन भार बहन गर्न सक्ने बताउदै ग्राहकहरूलाई सन्तुष्टि प्रदान गर्न प्रतिबद्ध भएको गाहले बताए ।
वि.सं.२०८० भदौ २९ शुक्रवार १६:२५ मा प्रकाशित






























