काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सुचिकृत भएको छ । आज मंगलबार कम्पनीको ३ करोड २० लाख कित्ता शेयर सुचिकृत भएको हो ।
आज मंगलबार शेयर सुचिकृत भएसंगै असोज ४ गते बिहिबारबाट कम्पनीको शेयर कारोबार गर्न सकिने छ । बिहीबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको कारोबार हुने छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १५८.४१ रुपैयाँ देखि ४७५.२३ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न गरेको छ । कम्पनीको एसएनएलआई सिम्बलबाट कारोबार हुने छ ।
वि.सं.२०८० असोज २ मंगलवार १२:३१ मा प्रकाशित



























