back
CTIZAN AD

विद्यालय बन्द नगर्न महानगरको चेतावनी

वि.सं.२०८० असोज ३ बुधवार

1.1K 

shares

काठमाडौं । काठमाडौं महानगरपलिकाले महानगरभित्रका कुनै पनि शिक्षण संस्था बन्द नगर्न चेतावनी दिएको छ । महानगरपालिका शिक्षा विभागले बुधबार एक सूचना जारि गर्दै सो चेतावनी दिएको हो ।

महानगरले नेपाल सरकारको मिति २०६८ जेठ ११ गतेको निर्णय अनुसार विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको तथा विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को बुँदा नं. ६.२ को (घ) ले विद्यालयमा कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि बिद्यालय बन्द हड्ताल तथा पठन पाठनमा अवरोध गर्ने जस्ता क्रियाकलाप नभएको हुनुपर्ने व्यवस्था गरेको स्मरण गराएको छ ।

महानगरले महानगरपालिका शिक्षा ऐन २०७५ को दफा ३८ तथा अन्य प्रचलित शिक्षा ऐन तथा नियमावलीको भावना प्रतिकुल हुनेगरि काठमाडौं महानगरपालिका भित्रका विद्यालयमा “विद्यालय शान्ति क्षेत्र ”को अवधारण विपरित अवाञ्चित कार्य गर्न बन्देज गरिएको जनाएको छ ।

यदि कसैले विद्यालय बन्दगरि पठनपाठनमा अवरोध पुर्याए कार्वाहि गरिने महानगरने जनाएको छ ।

हेर्नुहोस महानगरको सूचना

सम्बन्धित समाचार

देशभरीका शिक्षकहरु काठमाडौंको माइतीघरमा उत्रिए

 

वि.सं.२०८० असोज ३ बुधवार १५:२१ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...