back

जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख चाहिएको छ : मुख्यमन्त्री

वि.सं.२०८० असोज ३ बुधवार

891 

shares

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मुलुकमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख आवश्यक भएको बताएका छन् ।

आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘संविधान कार्यान्वयनमा कर्णाली : उपलब्धि र चुनौती’ विषयक अन्तरसंवाद कार्यक्रममा मुख्यमन्त्री शर्माले दिनैपिच्छे सरकार फेरिने संस्कृति विकास निर्माणको बाधक भएको बताएका हुन् । “यो अवस्थामा मुलुकको समृद्धि र विकासमा निकै ठूलो असर पु¥याएको छ”, उनले भने, “तसर्थ हाम्रो जस्तो मुलुकमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख चाहिएको छ ।”

स्थायी सरकारबाट मात्र दिगो विकास हुनसक्ने भन्दै उनले साधनस्रोतको हिसाबले सम्पन्न हुँदा पनि पछाडि पारिएको कर्णालीले क्षतिपूर्तिसहितको बजेट पाउनुपर्छ भन्ने आवाज उठाउन जरुरी रहेको धारणा व्यक्त गरे । मुख्यमन्त्री शर्माले भने, “कर्णालीको आजको विकासको उपज सङ्घीयता हो । सबै कुरा हुन नसके पनि कर्णाली हिजोभन्दा माथि उठेको छ ।” प्रदेश निर्माणका लागि सबैको सकारात्मक चिन्तन र सोच जरुरी रहेको उनको भनाइ थियो ।

नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले कर्णाली विकासका लागि राजनीतिक सम्मेलन आवश्यक भएको बताए । कर्णाली प्रदेश सरकार मन्त्री उत्पादन गर्ने कारखाना बनेको व्यङ्ग्य गर्दै उनले गठबन्धन सरकार देशभन्दा पनि दिन बिताउन बनेको बताए । राष्ट्रलाई नै प्रभाव पार्ने स्रोत र मुद्दा कर्णालीमा भएको भन्दै उनले यसको उठानमा सबैको ऐक्यबद्धता आवश्यक भएको औँल्याए ।

नेपाली कांग्रेस प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मत विष्टले बदलिएको व्यवस्थामा जनताको अवस्था अपेक्षितरूपमा बदलिन नसकेको तर्क गरे । मुलुकमा राजनीतिक सङ्घीयता आए पनि वित्तीय एवं प्रशासनिक सङ्घीयता आउन नसकेको बताउँदै उनले कर्णाली एवं मुलुक निर्माणमा राजनीतिक दल जिम्मेवार नभए कर्णाली मात्र नभई सिङ्गो देश नै आर्थिक सङ्कटमा पर्ने अवस्था आइलाग्ने जिकिर गरे ।
रासस

वि.सं.२०८० असोज ३ बुधवार २३:०९ मा प्रकाशित

Himalayan Life AD
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

पाटन (ललितपुर) । नेपाली कांग्रेसका युवाहरूले ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी...

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले...

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको ‘जेनजी’...

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक काठमाडौ...

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

  गोरखा । यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट रु १५...