back
CTIZAN AD

‘यामाहा राइड टु मोटोजीपी’ टोली भारत प्रस्थान

वि.सं.२०८० असोज ३ बुधवार

1.2K 

shares

काठमाडौं । नौजना यामाहा प्रशंसक र उत्साही बाइकरहरू साहसिक अनुभवका लागि पहिलो मोटोजीपी इन्डियाको रोमाञ्चक दृश्यावलोकन गर्न त्यसतर्फ प्रस्थान गरेका छन् ।

यो ईभेन्ट २४ सेप्टेम्बर, २०२३ मा बुद्ध सर्किट, नोएडामा हुनेछ । राइडर्स टोली २३ र २४ सेप्टेम्बरमा रेसको अनुभव लिएर २७ सेप्टेम्बर २०२३ मा उही बाटो भएर काठमाडौं फर्किनेछन् ।

रेसिङ गतिविधीहरूको पर्यायका रूपमा रहेको यामाहाले नेपालमा रेसिङ संस्कृतिको परिचय गराई यसको विकास र प्रबर्धन गर्न निरन्तर रूपमा काम गरिरहेको छ। आफ्नो उद्देश्य अनुरूप नै यामाहाले रेसिङ स्पोट्र्सलाई प्रतिबिम्बित गर्ने धेरै ईभेन्टहरूसँग आफ्नो आबद्धता कायम राख्दै यसको प्रवद्र्धन समेत गरेको छ । नेपालले यामाहा प्रयोगहरूलाई यस ईभेन्टमा दर्ता गर्न र मोटोजिपी प्रत्यक्ष अवलोकन गर्नका लागि आव्हान गरेको थियो ।

यस कार्यक्रमले यामाहा मोटरसाइकलको पराक्रम मात्र देखाउँदैन बरू खुल्ला सडकमा ब्रान्डप्रतिको माया अभिव्यक्त गर्ने राइडरहरूको जोशलाई उत्सवका रूपमा पनि मनाउँछ । छानिएका राइडरहरूमा संग्राम पुडासैनी, सुरेश जीसी, माइकल थापा, रुपेश पण्डित, राजकुमार कुशवाहा, अर्जित महर्जन, राजकुमार कार्की र तारा खड्का रहेका छन् भने मार्सलका रूपमा प्रमोद श्रेष्ठ छन् ।

’हामीले यामाहा राइड टु मोटोजीपीुका लागि ठूलो संख्याका सहभागीहरू प्राप्त गरेका थियौं। हामी प्रत्येक यामाहा प्रशंसकहरूलाई राइडप्रतिको चासो र पागलपनका लागि धन्यवाद दिन चाहन्छौं । तर हामीसँग सीमित सिट भएकाले ८ जना मात्रै छनोट गर्न सक्यौँ । यो त केवल सुरुवात हो, यामाहा नेपाल हाम्रा युवाहरूको जोशलाई सम्मान गर्दछ । हामी नेपालमा मोटरस्पोर्टको उत्थान गर्न मेहनतका साथ काम गरिरहेका छौँ,’ एमएडब्लु इन्टरप्राइजेज, टु ह्विलर डिभिजनका सीईओ श्री राजु क्षेत्रीले भने ।

मोटोजिपी केही दक्ष राइडर र अत्याधुनिक मेसिनहरू सहितको संसारकै सबैभन्दा प्रतिष्ठित मोटरसाइकल रेसिङ च्याम्पियनशिपमध्ये एक हो ।

वि.सं.२०८० असोज ३ बुधवार २३:२२ मा प्रकाशित

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्ट्स अवार्ड...

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

काठमाडौं। विद्यालयस्तरीय खेलकुद प्रतियोगितामध्ये पुरानो तथा लोकप्रिय स.बल ज्ञान कार्निभलको...

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...