back
CTIZAN AD

जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख चाहिएको छ : मुख्यमन्त्री

वि.सं.२०८० असोज ३ बुधवार

1.2K 

shares

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मुलुकमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख आवश्यक भएको बताएका छन् ।

आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘संविधान कार्यान्वयनमा कर्णाली : उपलब्धि र चुनौती’ विषयक अन्तरसंवाद कार्यक्रममा मुख्यमन्त्री शर्माले दिनैपिच्छे सरकार फेरिने संस्कृति विकास निर्माणको बाधक भएको बताएका हुन् । “यो अवस्थामा मुलुकको समृद्धि र विकासमा निकै ठूलो असर पु¥याएको छ”, उनले भने, “तसर्थ हाम्रो जस्तो मुलुकमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख चाहिएको छ ।”

स्थायी सरकारबाट मात्र दिगो विकास हुनसक्ने भन्दै उनले साधनस्रोतको हिसाबले सम्पन्न हुँदा पनि पछाडि पारिएको कर्णालीले क्षतिपूर्तिसहितको बजेट पाउनुपर्छ भन्ने आवाज उठाउन जरुरी रहेको धारणा व्यक्त गरे । मुख्यमन्त्री शर्माले भने, “कर्णालीको आजको विकासको उपज सङ्घीयता हो । सबै कुरा हुन नसके पनि कर्णाली हिजोभन्दा माथि उठेको छ ।” प्रदेश निर्माणका लागि सबैको सकारात्मक चिन्तन र सोच जरुरी रहेको उनको भनाइ थियो ।

नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले कर्णाली विकासका लागि राजनीतिक सम्मेलन आवश्यक भएको बताए । कर्णाली प्रदेश सरकार मन्त्री उत्पादन गर्ने कारखाना बनेको व्यङ्ग्य गर्दै उनले गठबन्धन सरकार देशभन्दा पनि दिन बिताउन बनेको बताए । राष्ट्रलाई नै प्रभाव पार्ने स्रोत र मुद्दा कर्णालीमा भएको भन्दै उनले यसको उठानमा सबैको ऐक्यबद्धता आवश्यक भएको औँल्याए ।

नेपाली कांग्रेस प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मत विष्टले बदलिएको व्यवस्थामा जनताको अवस्था अपेक्षितरूपमा बदलिन नसकेको तर्क गरे । मुलुकमा राजनीतिक सङ्घीयता आए पनि वित्तीय एवं प्रशासनिक सङ्घीयता आउन नसकेको बताउँदै उनले कर्णाली एवं मुलुक निर्माणमा राजनीतिक दल जिम्मेवार नभए कर्णाली मात्र नभई सिङ्गो देश नै आर्थिक सङ्कटमा पर्ने अवस्था आइलाग्ने जिकिर गरे ।
रासस

वि.सं.२०८० असोज ३ बुधवार २३:०९ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...