
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टङ्कलाल घिसिङ १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन आज चीनको हाङझाव प्रस्थान गरेका छन् ।
सदस्य-सचिव घिसिङलाई राखेपका निमित्त सदस्य-सचिव प्रकाशकुमार कुसारी र प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्लले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन् ।
हाङझाव एसियाडमा सहभागी हुन टेबलटेनिस, फेन्सिङ र सुटिङ टोली पनि आजै चीन प्रस्थान गरेको छ । हाङझाव एसियाड यही असोज ६ गतेदेखि औपचारिक रूपमा सुरु हुँदैछ ।
रासस /फाइल फोटो
वि.सं.२०८० असोज ३ बुधवार २२:४३ मा प्रकाशित