
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडबीच सम्झौंता भएको छ । सिटिजन्स क्यापिटल र खानी खोला हाइड्रोपावरबीच हाइड्रोपावरको साविकको शेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन प्रबन्ध सम्बन्धी सम्झौता भएको हो ।
उक्त सम्झौतामा हाइड्रोपावर कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत लामिछाने थापा तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटलले निकट भविष्यमा खानी खोला हाइड्रोपावर कम्पनीको हकप्रद शेयर निष्काशन प्रबन्धकको रुपमा काम गर्नेछ ।
खानी खोला हाइड्रोपावर कम्पनी अन्तर्गतको आयोजनाहरु “टुगुंन–ठोस्ने तथा खानी खोला जलविद्युत आयोजना” ललितपुर जिल्लामा रहेको छ । साथै, क्रमश :४.३६ मेगावाट र २ मेगावाट उत्पादन क्षमता रहेका आयोजनाहरु २०७३ मंसिर देखि नै संचालनमा आईसकेका छन् ।
वि.सं.२०८० असोज ७ आइतवार १२:५० मा प्रकाशित