back
CTIZAN AD

मुख्यमन्त्री बनेको १६ दिनपछि आज मन्त्रिपरिषद् विस्तार गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्की

वि.सं.२०८० असोज ८ सोमवार

1.6K 

shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

गत २२ भदौमा सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री कार्कीले सोहिदिन तीनजना मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै सानो आकारको मन्त्रिपरिषद् बनाएका थिए । कार्कीले विश्वासको मत लिने समय घर्किदै जान लाग्दा आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

मुख्ममन्त्री कार्कीले नेकपा एमालेका ४ जना प्रदेश सांसदलाई मन्त्रीमा नियुक्त गर्न लागेको बताइएको छ । यद्यपी मन्त्री को–को बन्दैछन् भनेर नाम सार्वजनिक भने गरिएको छैन ।

नेकपा एमाले प्रदेश प्रमुख सचेतक रेवती रमणका अनुसार एमालेबाटै चारजना मन्त्री थप हुने र उनीहरुको सपथ दिउँसो तीनबजे हुनेछ ।

नेकपा एमाले प्रदेश संसदीय दलका नेता कार्कीले गत २२ भदौमा मुख्यमन्त्रीमा नियुक्त भएको १ महिनामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार यहि असोज २१ गतेभित्रमा प्रदेशसभाबाट विश्वासको मत लिनेछन् । कोशी प्रदेशमा हाल पाँचकर्ण राई वन तथा वातावरण, तिलकुमार मेन्याङ्वो ऊर्जा, एकराज कार्की भौतिक पूर्वाधार मन्त्री रहेका छन् भने सिर्जना राई सामाजिक विकास राज्यमन्त्री रहेकी छन् ।

वि.सं.२०८० असोज ८ सोमवार १३:५२ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...