back
CTIZAN AD

मेयर बालेन र आन्दोलनरत इ: अभियन्ताबीच सामाजिक संजालमै जुहारी

वि.सं.२०८० असोज ८ सोमवार

1.8K 

shares

काठमाडौं । एकसातादेखि राष्ट्रिय सभागृहको मुलगेट अगाडिको सडकमा प्लेकार्ड बोकेर उभिएका ईं अभियन्ता र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सामाजिक संजालमै जुहारी चलेको छ ।

इ अभियन्ताले आफुहरुको आन्दोलनलाई मेयर साहले वेवास्ता गरेको र भेट्न समेत नदिएर तथा नगर प्रहरीले थर्काएको आरोप लगाइरहँदा मेयर शाहले भने आफु इ अभियन्तालाई भेटेर वार्ता गरौं भन्दा नमानेको आरोप लगाएका छन् ।

केही समय अगाडि मेयर शाहले सामाजिक संजालमा लेख्दै भनेका छन्– ‘बिगत केही दिनदेखि केही अभियन्ताहरु आन्दोलनमा हुनुहुन्थ्यो, उहाँहरुको कुरा सुन्न उहाँहरु उभिरहेको ठाउँमा म आफै गएर बार्ता गरौं यहाँहरुको कुरा र समस्या सुनौं भन्दा अभियन्ताहरु संवादमा बोलाउँदा आउन खोज्नु भएन,’ मेयर शाहले भनेका छन्, ‘लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ, सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ । के वार्ता हामीले उहाँहरुको नेतासँग गर्न पर्ने ?’

उता इ अभियन्ताले पनि समाजिक संजालमार्फत् मेयर बालेनको आरोपको जवाफ दिँदै मेयर शाह आफुहरुले आन्दोलन गरिरहेको ठाउँमा नआएको र उल्टै अकस्मात एक नगरप्रहरीले पार्किङ लटमा बोलाएर कुरा गर्दै ‘मेयरले भेट्दैनन’ भनेर जवाफ दिएको लेखेका छन् ।

‘मेयर यहाँ आउनुभएको छैन । सँगै जवाफदेहिता माग गरिरहेका साथीहरू साक्षी छन् । करीब ३० मिनेट अगाडि अकस्मात एक नगरप्रहरीले पार्किङ लटमा बोलाए । कानून विज्ञ, शहरी विशेषज्ञ, सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौं । नगर प्रहरीले रिसाएर जवाफ दिए –‘त्यसोभए मेयरले भेट्दैन !’

के हो इ अभिन्ताहरुको विद्रोह ?
असोज १ गतेदेखि राष्ट्रिय सभागृहको मुलगेट अगाडिको सडकमा प्लेकार्ड बोकेर उभिएका ईं अभियन्ताहरुले विशेष गरेर मेयर शाह र उपपमेयर सुनिता डंगोलको नाम लिएर मौन विद्रोह गरिरहेका छन् ।

युवा जनप्रतिनिधि निर्वाचित भएर आएपछि नागरिकमा जागेको आशा विपरित हुँदा गरिखाने नागरिकको अस्तित्व मेटाउने काम गरेको भन्दै त्यसको जवापफ माग्दै उनीहरु मौन विद्रोहमा उत्रिएका हुन् ।

युवा जनप्रतिनिधि निर्वाचित भएपछि नागरिकमा जागेको आशाविपरीत हुने गरी ‘हुँदा खाने’ वर्गको अस्तित्व मेटाउने काम गरेको भन्दै प्लेकार्ड बोकेर इ अभियन्ताहरुले शाह र डंगोलसँग जवाफ मागिरहेका छन् ।

उनीहरुले महानगरपालिकाले सडकमा साइकल, ठेलागाडा, नाम्लो र नाङ्लो थापेर केही पैसा आर्जन गरेर जिविकोपार्जन गरिरहेकाहरुलाई विस्थापित गरेको भन्दै महानगरको उक्त नीतिविरुद्ध भद्र अवज्ञा गरेको बताउँदै आएका छन् ।

वि.सं.२०८० असोज ८ सोमवार १४:१९ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...