back

नबिल बैंकको नयाँ शाखा गोठगाँउमा

वि.सं.२०८० असोज १३ शनिवार

135 

shares

काठमाडौं । नबिल बैंकको नयाँ शाखा गोठगाँउमा विस्तार गरिएको छ । बैंकको २६६ औँ शाखा मोरङ्ग जिल्लाको सुन्दर हरैँचा नगरपालिका गोठगाँउ स्थित पुर्वाञ्चल विश्वविद्यालय परिसरमा उद्घाटन गरिएको हो । बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।

गोठगाँउ शाखाको उद्घाटन पुर्वाञ्चल विश्वविद्यालयका उप कुलपति प्रा.डा.यादव राज कोईराला, नबिल बैंकका संचालक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले गरेका थिए ।

उद्घादन कार्यक्रममा बैंकका संचालक पौड्यालले पुर्वाञ्चल विश्वविद्यालय, गोठगाँउ क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए ।

त्यसैगरी, उप कुलपति प्रा.डा. कोईरालाले यस क्षेत्रमा नबिल बैंकको उपस्थितिले खुसी तुल्याएको बताए । उनले स्थानीय स्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापको लागि बैंकको उपस्थिति अर्थपूर्ण रहने बताए । उनले पुर्वाञ्चल विश्वविद्यालय केन्दीय कार्यालय परिसरबाट हुने बैंकिङ सेवा विस्तारले विश्वविद्यालयका विद्यार्थी, कर्मचारी साथै स्थानिय वासी समेत लाभान्वित हुने बताए ।
कार्यक्रममा पुर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार निलमणि पोखरेल, उद्योग संघठन मोरङ्गका सभापति राकेश सुराना, नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायत बैंकका उच्चअधिकारीहरूको उपस्थितीे रहेको थियो ।

बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएकोे छ । बैंकसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक संख्या पुगेको बैंकले जनाएको छ ।

वि.सं.२०८० असोज १३ शनिवार १६:०३ मा प्रकाशित

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

एभरेष्ट बैंकको डिजिटल साक्षरता अन्तर्गत वित्तीय चेतनामूलक भिडियो निर्माण

एभरेष्ट बैंकको डिजिटल साक्षरता अन्तर्गत वित्तीय चेतनामूलक भिडियो निर्माण

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ‘डिजिटल साक्षरता’ अन्तर्गत वित्तीय चेतनामूलक...

माछापुछ्रे बैंकद्वारा नेपालमै पहिलोपटक नयाँ प्रविधिको सुरुवात

माछापुछ्रे बैंकद्वारा नेपालमै पहिलोपटक नयाँ प्रविधिको सुरुवात

काठमाडौं । माछापुछ्रे बैंकले नेपालमा पहिलोपटक नयाँ प्रविधिको सुरुवात गरेको...

नविल बैंकले मनायो नबिल एसएसइ कार्यक्रमको दोस्रो वर्ष

नविल बैंकले मनायो नबिल एसएसइ कार्यक्रमको दोस्रो वर्ष

काठमाडौं । सामाजिक उद्यमशीलता विकासको लागि नबिल बैंक लिमिटेडले सुरु...

महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्वस्तिक बँगैचाको मर्मत गर्ने

महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्वस्तिक बँगैचाको मर्मत गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकले ललितपुरको महालक्ष्मी मन्दिरमा अवस्थित महालक्ष्मी...

बैतडीको पाटनमा पनि पुग्यो ग्लोबल आइएमई बैंक

बैतडीको पाटनमा पनि पुग्यो ग्लोबल आइएमई बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैतडीको पाटन नगरपालिका वडा नं....