back
CTIZAN AD

अध्यक्षका उम्मेदवार आरके शर्मा भन्छन्– मध्यपूर्व एनआरएनएको भोटबैंक मात्र होइन

वि.सं.२०८० असोज १४ आइतवार

1.8K 

shares

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा भोट बैंक मात्र नभएको बताएका छन् ।

नेपाली जनसम्पर्क समिति बहराइनले आयोजना गरेको कार्यक्रममा शर्माले गैरआवासीय अभियानमा मध्यपूर्वले सधै अन्य देशकालाई साथ दिँदै आएको बताउँदै यसपटक अरू क्षेत्रमा बस्ने अभियन्ताले मध्यपूर्वलाई साथ दिने समय आएको बताए ।

‘मध्यपूर्वलाई सबै चुनाव नभएको बेला पनि सम्झन म सम्मानित सबै एनआरएनका साथीहरूलाई अनुरोध गर्दछु,’ शर्माले भने, ‘मध्यपूर्वले सबै अरूलाई सहयोग गरेको छ,योपटक अरुले मध्यपूर्वलाई सहयोग गरेर गुन तिर्ने बेला आएको छ ।’

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भिष्मराज आङ्दम्बे सहभागी भएको कार्यक्रममा अध्यक्षका प्रत्यासी शर्माले आफू स्पष्ट योजना मध्यपूर्व सहित विश्वमा श्रम गर्नेलाई उकास्ने योजनासहित अध्यक्षको प्रत्यासी बनेर आएको भन्दै आफ्ना योजना सुनाएका थिए ।

‘अर्थतन्त्र श्रमिकले पठाउने रेमिट्यान्सले चले पनि सधैँ रेमिट्यान्स आउने छैन,’ शर्माले भने, ‘श्रमिकको आर्थिक हित उकास्ने गरेर उत्पादनमूलक क्षेत्रमा रेमिट्यान्स रकम लगाउन प्राधिकरण गठन गर्ने योजना सहित म आएको छु ।’

उनले नेपालका राजनीतिक दल र एनआरएनएबीच रगत र मुटुको जस्तो सम्बन्ध रहेको यो स्वच्छ हुनुपर्ने बताए । एनआरएनएका मुद्दालाई कार्यान्वयन गर्नको लागि राजनीतिक दलको सहयोग जरुरी रहेको भन्दै शर्माले राजनीतिक दलको हस्तक्षेप एनआरएनएमा हुनु नहुँने बताए ।

‘आइसीसीको चुनावमा आफ्नो भातृ संगठनमा काम गरेको आधारमा चुनाव जिताउन राजनीतिक दल लाग्नु हुँदैन,’ शर्माले भने, ‘म सबै राजनीतिक दललाई सम्मान गर्छ,एनआरएनका मुद्दा कार्यान्वयन गर्न सबै दलको सहयोग चाहिन्छ,हामीलाई हस्तक्षेप चाहिदैन ।’ आफू एनआरएनए सबैको साझा चौतारी बनोस् बनेर अभियानमा हिँडेको शर्माले सुनाए ।

बुधबार कर्मभूमि कतारबाट एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा गरेका शर्मा शुक्रबार बहराइन आइपुगेका हुन् । साउदी हुँदै बहराइन आइपुगेका शर्मा विभिन्न कार्यक्रममा सहभागी हुने छन् । शर्माको शनिबारदेखि शर्माको युरोप भ्रमणको तालिका रहेको छ ।

साउदी र बहराइनको विभिन्न कार्यक्रममा भाग लिने तथा साउदी बहराइनमा भएका गैरआवासीय नेपाली तथा राजनीतिक तथा सामाजिक संस्थाका प्रतिनिधिसँग गैरआवासीय नेपाली अभियानलाई अगाडि बढाउन सल्लाह र सुझाव लिएका थिए ।

बहराइनबाट शर्माको युरोपको चेक रिपब्लिक पुग्ने तालिका रहेको छ । चेकमा हुँदा शर्माले त्यहाँ बस्ने गैरआवासीय नेपाली तथा अभियन्तासँग छलफल गर्ने छन् ।

वि.सं.२०८० असोज १४ आइतवार १७:४२ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...