back

एमाले कोशी अधिवेशनको मतदान सम्पन्न, मतगणना आजै हुने

वि.सं.२०८० असोज १५ सोमवार

585 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौं । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि गरिएको मतदान सम्पन्न भएको छ । मतगणना आज दिउँसोदेखि सुरु गर्ने तयारी छ । निर्वाचन अधिकृतको कार्यालयले आइतबार राति साढे १० बजेदेखि मतदान सुरु गरेको थियो । आज बिहान साढे ५ बजे मतदान सकिएको छ ।

आइतबार दिउँसो १ बजेबाट सुरु गर्ने भनेको मतदानको समय तयारी नपुगेको भन्दै पटक-पटक समय सारेर आइतबार राति साढे १० बजेबाट मात्र सुरु गरिएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार ९७७ जनाले मतदान गरेका छन् । एमालेको कोशी प्रदेश अधिवेशनमा ९९७ जना प्रतिनिधि आएका थिए । २० जनाले मतदान गरेनन् ।

मतगणना आज दिउँसो १ बजेबाट सुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयको तयारी छ ।

अधिवेशनले २१५ सदस्यीय कमिटी चयन गर्नेछ । उपाध्यक्षमा टीकाराम चेम्जोङसहित ४९ सदस्य भने निर्विरोध भएका छन् । अध्यक्षसहित १६६ जना छनोटका लागि निर्वाचन भएको हो ।

प्रदेश अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा चुनावी मैदानमा छन् । सचिवमा शैलेश लामा र राजकुमार भण्डारी उम्मेदवार छन् । उपसचिवमा खेम नेपाली, देवान राई र जलवर्षा राजवंशी उम्मेदवार छन् ।

एमालेले आजै गण्डकी प्रदेशको पनि अधिवेशन गर्ने तयारी गरेको छ ।

एमाले गण्डकी अधिवेशनको तयारी अन्तिम चरणमा

वि.सं.२०८० असोज १५ सोमवार ०७:२३ मा प्रकाशित

संसदीय उपसमितिले पेश गरेको प्रतिवेदनमा शिक्षक महासंघ असन्तुष्ट

संसदीय उपसमितिले पेश गरेको प्रतिवेदनमा शिक्षक महासंघ असन्तुष्ट

काठमाडौँ । नेपाल शिक्षक महासंघले शिक्षा विधेयकका सन्दर्भमा संसदीय उपसमितिले...

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा मस्कोले...

नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा

नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा

काठमाडौँ, ५ जेठ स् नेपालले पहिलो पटक आइसिसी महिला टी–२०...

अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क

अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क

  बेइजिङ । कथित डम्पिङमाथि गरिएको अनुसन्धानपछि चीनले सोमबार अमेरिका,...

इला होटल–मौलाकाली केबलकारमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

इला होटल–मौलाकाली केबलकारमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

काठमाडाैँ । इला होटल्स एन्ड रिसोर्ट्स तथा मौलाकाली केबलकारमा प्रभु...

संचालकहरुको सेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक

संचालकहरुको सेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक

काठमाडौँ । नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा प्राधिकरणका अध्यक्ष...