back

बस दुर्घटना हुँदा १४ घाइते, दुई जना सकुशल

वि.सं.२०८० असोज १५ सोमवार

168 

shares

काठमाडौं । दाङमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । आज बिहान ५ बजे पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गमा पर्ने लमही नगरपालिका ४ बनगाउँस्थित बबई सोता पुलबाट बस तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस दुर्घटनामा घाइते भएका १४ जनामध्ये एकजनालाई बढी चोट लागेको छ । गम्भीर घाइते एकजनालाई लमहीमा सामान्य उपचारपछि थप उपचारको लागि बुटवल लगिएको र बाँकी १३ जना घाइतेको लमहीमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बसमा १६ यात्रु सवार थिए । दुई जना भने सकुशल छन् । बस सडकबाट करिब ३० फिट तल खसेको छ ।

वि.सं.२०८० असोज १५ सोमवार ०९:२८ मा प्रकाशित

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

काठमाडौँ । सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति...

सामुदायिक हितका लागि एक करोड लागतमा निर्मित धर्मशाला सञ्चालनमा

सामुदायिक हितका लागि एक करोड लागतमा निर्मित धर्मशाला सञ्चालनमा

महोत्तरी । सामुदायिक हितका लागि धर्मशाला बनाएर कीर्ति राख्ने पुरानो...

पाँचसय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

पाँचसय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

नारायणगढ (चितवन) । चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन...

लोकमार्ग कालोपत्र भएपछि एक साताको यात्रा चार घण्टामा

लोकमार्ग कालोपत्र भएपछि एक साताको यात्रा चार घण्टामा

ढोरपाटन (बागलुङ) । डेढ दशक अगाडि रोल्पा र रुकुम पूर्वको...

‘पञ्चकुण्ड’ ताल जमेर बरफ बनेपछि बेसिजनमा पनि पर्यटकको लर्को

‘पञ्चकुण्ड’ ताल जमेर बरफ बनेपछि बेसिजनमा पनि पर्यटकको लर्को

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा रहेको...

गोदाममा थन्कियो एक करोड केजी चिया

गोदाममा थन्कियो एक करोड केजी चिया

झापा । कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया...